प्रधानमन्त्रीवाट निवर्तमान भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा घरमा नै आराम गरेर बसेका छन् । यहीवेला कांग्रेसका अन्य नेताहरुभने जुर्मुराउन थालेका छन्, आक्रामक शैलिमा । "/>

देउवा माथि ४ आक्रमण

देउवा माथि ४ आक्रमण

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्रीवाट निवर्तमान भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा घरमा नै आराम गरेर बसेका छन् । यहीवेला कांग्रेसका अन्य नेताहरुभने जुर्मुराउन थालेका छन्, आक्रामक शैलिमा ।

पुनर्जागरण भन्दै आधा दर्जन नाम चलेका नेताहरु बैठक बस्न थालेका छन् । यो समूहमा गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेल जस्ता लोकप्रिय नेता पनि रहेका छन् । यी नेताहरु भिन्न किसिमको एजेन्डा लिएर निश्किए भने के वर्तमान नेतृत्वले रोक्न सक्छ ? उनीहरुको निश्कर्ष छ, पार्टी सभापति देउवाले कांग्रेस सम्हाल्न सक्दैनन् ।

त्यसैगरी कांग्रेसको संसदीय दलमा पार्टी सभापति विरुद्धमा नेता प्रकाशमान सिंहले उम्मेदवारी दिने घोषणा गरेका छन् । कृष्ण सिटौला, शेखर कोइराला लगायतका नेताहरु पनि नेतृत्व विरुद्धको आक्रमणमा अघि सर्दै गरेको देखिन्छ । यी तमाम आक्रमणको प्रतिरक्षा देउवाले कसरी गर्दै जालान् त्यो भविश्यको विषय हो ।

तर, वर्तमानमा उनी माथि आक्रमण सुरु भएको छ । के उनले पार्टी भित्रैवाट सुरु भएको प्रहारलाई निस्तेज पार्न सक्लान् ? अव देउवा कसरी अघि बढ्लान् ? यो भने नेपाली राजनीतिमा चासो राख्नेहरुको मूख्य प्रश्न भएको छ ।

आक्रमण नम्बर १ – पुनर्जागरण अभियान

– कांग्रेसका केही युवाहरु ‘पुनर्जागरण अभियान’ भन्दै संगठित भएका छन् । उनीहरुको भनाइ अनुसार ‘२००७ सालको जस्तै जुझारू तथा २०१५ सालको जस्तै प्रगतिशील र जनप्रिय कांग्रेस बनाउने संकल्प सहित यो अभियान सुरु गरिएको हो ।

यस अभियानमा नेताहरु चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ्, गुरु घिमिरे, प्रदीप पौडेल, उमेशजंग रायमाझी, रामहरि खतिवडा लगायत रहेका छन् । अभियानमा पाका नेताहरु पुरुषोत्तम बस्नेत र होमनाथ दाहाल समेत सामेल छन् । यस अभियानमा नेपाली काँग्रेसका विभिन्न जिल्लाका सभापतिहरुले समेत ऐक्यवद्धता जनाउन थालेका छन् ।

नेपाली कांग्रेसको वर्तमान नेतृत्व असक्षम भएको भित्री आसयका साथ यी नेताहरुले पुनर्जागरण अभियानको नाममा संगठन सुरु गरेको बुझ्न गार्हो छैन । त्यसोत अभियानका प्रमुख सदस्य गगन थापाले विभिन्न स्थानमा पुगेर पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवाट अवको कांग्रेस चल्न नसक्ने निश्कर्ष सुनाउँदै आएका छन् । चन्द्र भण्डारी र धनराज गुरुङले कांग्रेसको वर्तमान नेतृत्वको खुलेर विरोध गर्दै आएका छन् । समग्रमा यो समूह कांग्रेसको वर्तमान नेतृत्वप्रति आक्रामक देखिएको छ ।

आक्रमण नम्बर २– प्रकाशमानको उम्मेदवारी

– नेता प्रकाशमान सिंह नेपाली कांग्रेसको वर्तमान नेतृत्वसँग क्रुद्ध देखिएका छन् । उनले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विरुद्ध उम्मेदवारी दिने घोषणा समेत ब्यक्त गरिसकेका छन् । उनको भनाई छ –‘नेतृत्व विफल भइसक्यो, कांग्रेसको वास्तविक अवस्थाबारे कार्यकर्तालाई जानकारी दिन आवश्यक छ ।’

सिंहले विधानअनुसार पार्टी सञ्चालन हुन नसकेको वताउँदै पार्टी नेतृत्व नै विफल भइसकेको आरोप समेत लगाएका छन् । नेता सिंहले पार्टीको केन्द्रीय समितिलाई दुई महिनामा पूर्णता दिनुपर्नेमा अहिलेसम्म नभएको तथा महासमिति र केन्द्रीय समिति बैठक तत्काल बोलाउनुपर्नेमा पनि जोड दिएका छन् । उनी सभापति देउवालाई बैधानिक रुपमा नै विदा गर्ने पक्षमा रहेका छन् ।

पूर्व महामन्त्री सिंह खासगरी काठमाडौं कांग्रेसमा समग्रमा देशैभरी शक्तिशाली मानिन्छन् ।

आक्रमण नम्बर ३. कृष्ण सिटौला पक्षको धावा

– देउवा नेतृत्वका कारण कांग्रेसमा सामन्तवाद हावी भएको नेता कृष्ण सिटौलाले सार्वजनिक रुपमा नै आरोप लगाएका छन् । राजधानीको भाटभटेनीमा केही दिनअघि भएको कार्यकर्ता भेलामा उनले शेरबहादुर देउवा नेतृत्व पूर्णतया असफल भएको समेत ठोकुवा गरेका छन् ।

नेतृत्व विधि र विधानलाई पालना गर्नुभन्दा पनि उल्लंघन गर्नमा रमाएको सिटौलाको दाबी छ । चुनावी रणनीतिमा नेतृत्व असफल भएको भन्दै नेता सिटौला नेतृत्व तहमा देखिएको वेथितीको पराकाष्टाले सिंगो काँग्रेसलाई असर पुगेको निश्कर्ष निकाल्छन् । सिटौलासँगै रहेका निवर्तमान रक्षा मन्त्री भीमसेन दास प्रधान, उमाकान्त चौधरी, धना खतिवडा, प्रदीप पौडेलसहितका नेता तथा कार्यकर्ता समेत सिटौलासँग सहमत छन् ।

महाधिवेशनमा सभापति विरुद्धमा उम्मेदवारी दिएर आफ्नो छुट्टै गुट तयार गर्दै रहेका सिटौला कांग्रेसभित्र शक्तिशाली थोरै नेतामा गनिन्छन् ।

आक्रमण नम्बर ४. शेखर कोइराला

– देउवाले कार्यकर्ताको मनोबल गिराए भनेर नेता शेखर कोइरालाले समेत पार्टी सभापति विरुद्ध फायर खोलेका छन् । उनको भनाई छ, – ‘पार्टी सभापति शेरबहादुर देउवाको गैर जिम्मेवार अभिव्यक्तिका कारण कार्यकर्ताको मनोबल कमजोर भएको छ ।’

प्रजातन्त्र सेनानी संघ चितवनले नारायणगढमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले भने, ’सभापतिजीले पार्टी हारेको हैन, ब्यक्ति हारेको भनेर भन्न सुहाउँछ ?’ पार्टीलाई विधान अनुसार चलाउन नसकेको भन्दै कोइरालाले नेतृत्वलाई अनुशासित बनाउन लागिपर्ने समेत संकल्प गरे । शेखर कोइराला परिवारका उत्तराधिकारी समेत हुन् ।

Logo