काठमाडौं ।

देश संघिय संरचनामा गएपछि जनताले के अपेक्षा गरेका होलान ? यो प्रश्नको जवाफ स्वयम प्रदेश सरकारले देला । "/>

प्रदेश सांसदहरुको यस्तो लाजमर्दो हरकत, जनताले कसरी विश्वास गर्ने ?

प्रदेश सांसदहरुको यस्तो लाजमर्दो हरकत, जनताले कसरी विश्वास गर्ने ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

देश संघिय संरचनामा गएपछि जनताले के अपेक्षा गरेका होलान ? यो प्रश्नको जवाफ स्वयम प्रदेश सरकारले देला । तर तिनै जनताको माझमा विकास र परिवर्तनका नाममा भोट माग्ने सांसदहरुले यो अवस्थामा भेटिदाँ….

अब प्रदेश सांसदहरुबाट जनताले के अपेक्षा गर्ने ? यसको जवाफ सांसदहरुसँग छ ?

यो दृश्य हो, प्रदेश नम्बर २ का संसदहरुको । संसद भवनमा बैठक जारी रहेको बेला कोही टेलिफोनमा व्यस्त भएको देखिन्छ भने कोही भिडियो कलमा ।

यी तस्वीरहरुबाट प्रस्ट हुन्छ, हामीले चुनेर पठाएका सांसदहरुको योग्यता, लाचारिपन र असंवेदनशिलता । संसद भवनमा बैठक चरिरहँदा केही सांसद मस्तसँग निदाइरहेका छन् ।

प्रदेशसभाका सांसदहरु प्रारम्भिक बैठकमै यतिसम्म आवारापन देखाउँछन् भने उनीहरुसँग के अपेक्षा गर्ने ? आगामी ५ वर्षमा ती सांसदले जनताको लागि के गर्लान्बै ? ठक चलिरहँदा फोन स्विच अफ गर्नुपर्ने होइन ?

यसले के पुष्टि हुन्छ भने उनीहरु जनताको मतदान र विश्वासमाथि लात हानिरहेका छन् ।

फोटो स्रोतः नेपाल आज

Logo