एमालेबाट मन्त्री बन्न आतुर २१ अनुहार

एमालेबाट मन्त्री बन्न आतुर २१ अनुहार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि एमालेका नेताहरु मन्त्री बन्ने दौडधुपमा लागेका छन् । बिहीवार शथप लिएका प्रधानमन्त्री ओलीले पहिलो चरणमा लालाबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका थिए । पण्डितले जनसंख्या तथा बाताबरण मन्त्रालय र थापाले बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी पाएका छन् । लालबाबु पण्डित यसअघि नै ओली सरकारमा सामान्य प्रशासन मन्त्रालय सम्हालेका थिए । त्यस समयमा मन्त्री भएका पण्डितले जनताको मन जित्न सफल भएका थिए । यसैगरी उनले गत प्रतिनिधि सभा चुनावमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालार्इ पराजित गरेका थिए ।

आकांक्षी २१ अनुहार 

ओली पहिलो पटक प्रधानमन्त्री बनेका बेलामा उपमहासचिव विष्णु पौडेल अर्थमन्त्री भएका थिए । अहिले पनि उनी अर्थ मन्त्रालयमा नै आकाक्षी भएको देखिन्छ । उनीसँगै पहिले भएको एमालेको सरकारहरुमा अर्थमन्त्री भएका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, महासचिव इश्वर पोखरेल र सचिव प्रदीप ज्ञवाली पनि अर्थमन्त्रीको दाबेदारमा रहेका छन् ।

यसैगरी प्रदेश नम्बर १ ताप्लेजुङबाट सांसद भनेका एमालेका युवा नेता तथा सचिव योगेश भट्टरार्इ ओली सरकारमा मन्त्री बन्ने आकांक्षा बोकेका नेता हुन् । उनले गत प्रतिनिधि सभाको चुनावमा नेपाली कांग्रेसका नेता केशव दहाललार्इ पराजित गरेका थिए । यदि उनी ओली सरकारमा मन्त्री भए भने मन्त्री बन्नेमा नयाँ अनुहार हुनेछ ।

एमालेको सरकारमा प्रदेश नम्बर ३ बाट पूर्व अर्थ मन्त्री पाण्डेसहित महासचिव इश्वर पोखरेल, महेश बस्नेत, गोकुल बाँस्कोटा, शेर बहादुर तामाङ पनि आकांक्षी भएका छन् ।
पूर्व अर्थ मन्त्री पाण्डे गत प्रतिनिधि सभा चुनावमा चितवन १ बाट विजयी भएका थिए । उनले यस चुनावमा नेपाली कांग्रेसका नेता राजेन्द्र बुर्लाकोटीलार्इ पराजित गरेका थिए ।

यस पटकको एमाले सरकारमा मन्त्री बन्ने दौडधुपमा अर्का युवा नेता महेश बस्नेत पनि रहेका छन् । भक्तपुर २ बाट सांसद बनेका उनी यसअघि पनि उद्योग मन्त्री बनिसकेका छन् । पार्टीमा विशिष्ट जिम्मेवारी नभएका बस्नेतले गत चुनावमा नेपाली कांग्रेसका नेता दमनाथ ढुंगानालार्इ पराजित गरेका थिए ।

एमाले पार्टीमा आफ्नो पहिचान बनाइसकेका महासचिव पोखरेल पनि यस पटकको सरकारमा मन्त्री बन्ने दौडधुपमा रहेका छन् । अहिलेसम्म कुनै मन्त्रालय नसम्हालेका पोखरेल यस पटक मन्त्री भए उनी पनि नयाँ अनुहार हुनेछ । गत चुनावमा काठमाडौं क्षेत्र न। ५ बाट सांसद भनेका पोखरेलले नेपाली कांग्रेसका वरिष्ठ नेता डा. प्रकाशशरण महतलार्इ पराजित गरेका थिए ।

गत प्रतिनिधि सभा चुनावमा सबैको ध्यान तानेको पशुपति शमशेरलार्इ पराजित गरेका सांसद शेर बहादुर तामाङ पनि यस पटकको सरकारमा मन्त्री बन्ने दौडमा रहेका छन् । नेपाली इतिहासमा चर्चित नेता शमशेरलार्इ पराजित गरेका तामाङ सिन्धुपाल्चोक सांसद बनेका हुन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललार्इ पराजित गरेका किसान श्रेष्ठको नाम पनि यस पटक मन्त्री बन्ने चर्चामा रहेको छ । यसैगरी मन्त्री बन्ने आकाक्षीहरुमा सांसद गोकुल बाँस्कोटा, रवीन्द्र अधिकारी, पद्मा अर्यालको नाम पनि चर्चा रहेको छ ।

प्रदेश नम्बर ५ बाट उपमहासचिव विष्णु पौडेलसहित घनश्याम भुसाल सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टको नाम पनि चर्चामा रहेको छ । गुल्मेबाट सांसद बनेका ज्ञवाली र विष्टले कांग्रेसका चन्द्रकान्त भण्डारी र चन्द्र बहादुर केसीलार्इ पराजित गरेका थिए । गुल्मी क्षेत्र न. २ बाट सांसद बनेका विष्ट यसअघि उर्जा मन्त्री बनेर जनताको मन जित्न सफल भएका थिए ।

यसबाहेक एमालेको तर्फबाट मन्त्री बन्नेहरुमा भीम रावल, नारदमुनी राना, कृष्णगोपाल श्रेष्ठ, रामबीर मानन्धर लगायत पनि मन्त्री बन्ने दाउमा छन् ।

Logo