काठमाडौं ।  शनिबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पौने घण्टा छलफल भएको छ । "/>

पौने घण्टाको ओली-प्रचण्ड वार्ताले के निष्कर्ष निकाल्यो ?

पौने घण्टाको ओली-प्रचण्ड वार्ताले के निष्कर्ष निकाल्यो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शनिबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पौने घण्टा छलफल भएको छ । पार्टी एकता र सरकारलाई पुर्णता दिने विषयमा छलफल भएको बताइएको छ ।

दुवै दलका प्रमुख नेताले भोलि एकता संयोजन समितिको बैठक बोलाएर मिल्न बाँकी बिषयलाई टुंगोमा र्पुयाउने सहमति गरेका छन् । भोलि एकता संयोजन समितिको बैठक बसेर सरकारलाई पूर्णता दिने र एकतालाई निष्कर्षमा र्पुयाउने सहमति बनेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

वाम गठबन्धनका प्रमुख दुई नेताले एकीकृत पार्टीको नेतृत्व र सरकारमा आलोपालोको सहमति गरे पनि एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्तमा गएर एकता प्रक्रिया अड्किएको छ । तत्काल एकता प्रक्रिया स्थगित भए पनि माओवादीको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।

Logo