यस्तो छ ओली सरकारको प्राथमिकताका खाका

यस्तो छ ओली सरकारको प्राथमिकताका खाका

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले गर्ने बिकासको प्राथमिकताको खाका तयार भएको छ । सरकारले प्राथमिकता दिनुपर्ने कामबारे सुझाव दिन गठित कार्यदलले योजनाको  पारेको छ । 

एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको कार्यदलले सुशासन, विकासलगायत विषयलाई प्राथमिकतामा राखेर खाका तयार पारेको हो । देउवा सरकारले चुनावपछि गरेका विवादास्पद निर्णय खारेज गरी आफ्नो काम थाल्नुपर्ने सुझाव सहित कार्यदलले योजनाको खाका तयार पारेको छ । 

सार्वजनिक खरिद ऐनको प्रक्रिया छोट्याउनुपर्ने, सहकारीको अधिकार बढाउनुपर्ने, सबै प्रदेशमा औधोगिक क्षेत्र बनाउने, तराई मधेसमा विशेष रोजगारीका कार्यक्रम सञ्चालन गर्ने, प्राविधिक शिक्षालाई प्रवद्र्धन गर्ने, ठूला योजनालाई प्राथमिकता दिने, वैकल्पिक उर्जा प्रवद्र्धनको कामलाई अघि बढाउने लगायत विषयमा सरकारले प्राथमिकता दिनुपर्ने कार्यदलको सुझाव छ ।

Logo