बुटवल ।

प्रदेश नं ५ को पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले निर्माण गर्नुपर्ने महत्वपूर्ण ‘प्रदेश कानून मस्यौदा तथा सुझाव आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको आदेश, २०७४’ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । "/>

प्रदेश नं ५ःप्रदेश कानून मस्यौदासम्बन्धी आदेश स्वीकृत

प्रदेश नं ५ःप्रदेश कानून मस्यौदासम्बन्धी आदेश स्वीकृत

केन्द्रबिन्दु
0
Shares

बुटवल ।

प्रदेश नं ५ को पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले निर्माण गर्नुपर्ने महत्वपूर्ण ‘प्रदेश कानून मस्यौदा तथा सुझाव आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको आदेश, २०७४’ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । 

मुख्यमन्त्री र मन्त्रीहरुको शपथग्रहणपछि आज बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले आठ निर्णय गरेको भौतिक पूर्वाधार विकासमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो । बैठकले केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी नियमावली २०७४, प्रदेश सरकार (कार्य विभाजन) नियमावली २०७४ र प्रदेश सरकार (कार्य सम्पादन) नियमावली, २०७४ समेत स्वीकृत गरेको छ । 

चौधरी सरकारका प्रवक्ता 

बैठकले प्रदेश सरकारका प्रवक्तामा चौधरीलाई तोक्ने निर्णय गर्नाका साथै प्रदेश सरकारबाट गरिएका निर्णय कार्यान्वयनका लागि प्रदेश सरकारअन्तर्गत रहेका सम्पूर्ण राष्ट्रसेवक कर्मचारी प्रतिबद्धताको ढाँचा स्वीकृत गरेको छ । 

प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी, मतदाता, सुरक्षाकर्मीलगायत सबैमा धन्यवाद ज्ञापन गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो । रासस

Logo