काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डित (मोरङ) लाई जनसङ्ख्या तथा वातावरण र थममाया थापा (म्याग्दी)लाई महिला, बालबालिका र समाजकल्याणमन्त्रीमा आज नियुक्त गर्नुभएको छ । "/>

लालबाबु पण्डित र थममाया थापा ओली सरकारको मन्त्रीमण्डलमा

लालबाबु पण्डित र थममाया थापा ओली सरकारको मन्त्रीमण्डलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डित (मोरङ) लाई जनसङ्ख्या तथा वातावरण र थममाया थापा (म्याग्दी)लाई महिला, बालबालिका र समाजकल्याणमन्त्रीमा आज नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । मन्त्री पण्डित यसअघि सामान्य प्रशासनमन्त्री हुनुहुन्थ्यो ।

पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रंतिनिधिलगायत सहभागी हुनुहुन्थ्यो ।

Logo