महेन्द्रनगर ।

प्रदेश नम्बर २ को लागि नेकपा (एमाले)को संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित हुनुभएको छ । "/>

प्रदेश २ को एमाले संसदीय दलको नेतामा मण्डल निर्वाचित

प्रदेश २ को एमाले संसदीय दलको नेतामा मण्डल निर्वाचित

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर ।

प्रदेश नम्बर २ को लागि नेकपा (एमाले)को संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित हुनुभएको छ । 

प्रदेश २ मा एमालेको संसदीय दलको नेताको लागि आज भएको मतदानमा मण्डल निर्वाचित हुनुभएको हो । दलको नेताको लागि दाबी गर्दै आएका मण्डल र शत्रुधन महतोबीच सर्वसहमति हुन नसके पछि आज मतदानमार्फत संसदीय दलको नेता चयन गरिएको थियो । 

मतदानमा मण्डलले १२ मत प्राप्त गरी विजयी हुनुभएको हो भने महतोले आठ मत प्राप्त गर्नुभएको थियो । मतदानमा एक मत बदर भएको थियो । प्रदेश २ मा एमालेको २१ प्रदेश सांसद रहेका छन् । 

Logo