ज्योतिषको सल्लाहअनुसार देउवाले आजै बालुवाटार छोड्ने

ज्योतिषको सल्लाहअनुसार देउवाले आजै बालुवाटार छोड्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् ।

राजीनामा दिएसँगै उनले आजै प्रधानमन्त्री निवास बालुवाटार छोड्ने घोषणा गरेका छन् ।

देउवा निकट स्रोतका अनुसार ज्योतिषको सल्लाहअनुसार उनले आजै बालुवाटार छोड्ने भएका हुन् ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारबाट सम्बोधन गर्दै देउवाले राजीनामाको घोषणा गरेका थिए ।

सम्बोधनमा देउवाले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन गरेकोलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलता भएको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि वाम गठबन्धनले दाबी पेश गरिसकेको छ ।

 

Logo