ओली आजै प्रधानमन्त्री

ओली आजै प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार नै प्रधानमन्त्री नियुक्त हुने भएका छन् । एमाले र माओवादी केन्द्रको समर्थनमा ओली दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् ।
संविधानको धारा ७६ बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

स्पष्ट बहुमतसहित अध्यक्ष ओलीले भावी प्रधानमन्त्रीमा दाबी पेस गरेकाले बिहीबार नै प्रधानमन्त्री नियुक्त हुने सम्भावना रहेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

दुई बाम गठबन्धन मिलेर चुनावमा गएका एमाले र माओवादी केन्द्रको प्रतिनिधिसभामा स्पष्ट बहुमत छ । एमाले र माओवादी केन्द्रले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने पत्र बुझाएपछि ओली दोस्रोपटक प्रधानमन्त्री नियुक्त हु“दैछन् ।

प्रधानमन्त्रीमा दाबी पेस गर्न शीतल निवासमा एमाले अध्यक्ष ओलीसहित वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, अग्नि खरेल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु पुगेका थिए ।

 

 

Logo