यसरी जोगिए देउवा ‘बर्खास्त’ हुनबाट

यसरी जोगिए देउवा ‘बर्खास्त’ हुनबाट

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता ।

निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचनको अन्तिम नतिजा वुझाएपछि नेपाली काँङग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एउटा ट्वीट गरे । उनले भने,‘निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भईकेको अबस्थामा राष्ट्रिय सभामा ३ जनाको मनोनयन स्वीकृत गर्न शितल निवासले किमार्थ ढिलाई गर्नुहुन्न । माननिय राष्ट्रपतिलाई विवादमा तान्ने अवान्छित प्रयत्त फेरी असफल हुनेमा हामी विश्वस्त छौ ।’

निर्वाचन सम्पन्न भएपछि विभिन्न नियुक्ति गरेको देउवा सरकार अब पनि नियुक्तीको विवादमा तानिनु शोभनिय थिएन र उनले देशवासीको नाममा सम्वोधन गदै राजिनामाको घोषणा गरेपछि उनी जोगिएका छन् । नियमित संसदीय प्रणालीमा विशेषत निर्वाचनमा पराजित भईसकेपछि सरकार स्वत काम चलाउमा परिणत हुन्छ । तर अहिलेको अबस्था संविधानको प्रावधान अनुसार निर्वाचन सम्पन्न गर्नको लागि संसद भंग भएको हो । त्यसैले सामान्य अवस्थाभन्दा केही अधिकार देउवाले प्रयोग गर्न पाउने थिए र पाएका हुन् । तर नयाँ सरकारको लागि सबै संवैधानिक तथा कानुनी प्रक्रियाहरु पुरा भईसकेपछि पनि देउवा सरकारले ३ जनाको नियुक्ती लगायत अन्य अड्चन देखाएर राजिनामा दिनमा ढिलाई गर्ने प्रयत्न भएपनि अन्तिमा देउवा राजिनामाको लागि तयार भएका छन् ।

यो पनि पढ्नुहोस्: देउवालाई ‘बर्खास्त’ गर्ने तयारीमा राष्ट्रपति !

पार्टीको साख र गरिमालाई कायम राख्नका लागि देउवाले निर्वाचन सम्पन्न भएपछि तत्काल राजिनामाको घोषणा गर्नुपर्दथ्यो । यसले जनमतको सम्मान मात्र गर्ने थिएन, पार्टीको साख पनि जोगाउने थियो । तर उनले त्यसले त्यसो गरेनन् । यति मात्र होइन, निर्वाचन सम्पन्न गरेपछि देउवाले देशवासीको नाममा सम्वोधन गरेनन् र वधाई समेत दिएनन् । निर्वाचन सम्पन्न भएपछि एक महिनापछि वसेको नेपाली काँङग्रेस केन्द्रिय समितीको वैठकले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई वधाई दियो ।

यतिवेला ३ जना नियुक्तीको विषय चर्कियो भने देउवाले सम्मानजनक वर्हीगमनको अवसर गुमाउने छन् । राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभन्दा पहिला नै देउवाले राजिनामा दिए मात्र उनको सम्मानजनक बर्हीगमनको ग्यारेन्टी हुने थियो । यस्तो अबस्थामा राष्ट्रपतिले देउवालाई वर्खास्त गर्ने तथा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेपछि देउवा स्वत वर्खास्त हुने अबस्था थियो ।

संवैधाननिक प्रावधान अनुसार वहुमत प्राप्त दलको संसदीय दलको नेता तथा दुई भन्दा वढी दलको समर्थन प्राप्त दलको नेता प्रधानमन्त्री पदमा नियुक्ती हुनेछन् । अथवा, नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने कुनैपनि वाध्यात्मक संवैधानिक व्यवस्था छैन् । समाचार स्रोतका अनुसार देउवाका केही सल्लाहकारहरुले ३ जनाको नियुक्ती नभईकन राजिनामा नदिनको लागि उनलाई सुझाव दिएका थिए । तर देउवा आफैले अन्तिम समयमा आएर उपयुक्त निर्णय लिएका छन् । नत्र एमाले र माओवादीका केही नेताले राष्ट्रपतिलाई देउवालाई वर्खास्त गर्नका लागि आग्रह गर्ने तयारी गरिरहेका थिए । राष्टपतिको अगाडि पनि अर्काे बिकल्प थिएन् । निर्वाचनपछि थुप्रै नियुक्तीका कारण विवादमा तानिएका देउवाले अन्तिम समयमा आएर भने उपयुक्त निर्णय लिएका छन् ।

 

 

Logo