देउवालाई ‘बर्खास्त’ गर्ने तयारीमा राष्ट्रपति !

देउवालाई ‘बर्खास्त’ गर्ने तयारीमा राष्ट्रपति !

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकारकोलागी मार्ग प्रसस्त गर्नुको सट्टा अनेक बहाना बनाउँदै सत्तामा बसिरहने ब्यवहार प्रदर्शन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी ‘एक्सन’ लिने सोचमा पुगेकी छन् । राष्ट्रपति कार्यालयको उच्च स्रोतका अनुसार ‘ प्रधानमन्त्री देउवाले राजिनामा नदिए उनी पदमुक्त समेत हुन सक्छन् ।’

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम बुधबार राष्ट्र«पतिलाई बुझाएपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिएका छैनन् । यसअघि उनले निर्वाचन आयोगले अन्तिम परिणाम नबुझाएसम्म पद नछोड्ने बताउँदै आएका थिए ।

निर्वाचन आयोगले सम्पूर्ण परिणाम बुझाएपछि पनि प्रधानमन्त्री देउवाले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बुधबार सितल निवास पठाएर अर्को ‘बार्गेनिङ’ सुरु गरेका छन् । सरकारले राष्ट्रिय सभामा मनोनित गरेका तीन सांसदको राष्ट्रपतिले अनुमोदन नगरुञ्जेलसम्म सरकार नछोड्ने देउवाको संदेश कार्कीले बोकेर गएका थिए । राष्ट्रपति कार्यालय स्रोत भन्छ, –‘अव जनमत गुमाएको सरकारको ‘बार्गेनिङ’ सुनिरहने मुडमा उहाँ हुनुहुन्न ।’

यो पनि पढ्नुहोस्: देउवाको मनोनयन अस्वीकार गर्दै राष्ट्रपति

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन एमालेले निर्णय गरिसकेको छ भने माओवादी केन्द्र समेत राजी छ । र, आज बिहिबार नै ओलीले बहुमत सांसदको समर्थन पेश गर्दै प्रधानमन्त्रीमा दावी पेश गरिसकेका छन् ।

उता प्रधानमन्त्रीका प्रेस सल्लाहकारका अनुसार देउवाले राष्ट्रको नाममा सम्बोधन गरेर बिहिबार नै राजिनामा दिने बताएका छन् । तर, बहालवाला एक मन्त्रीको दावी छ, –‘राष्ट्रिय सभामा मनोनित तीन जनाको नाम अनुमोदन भएन भने प्रधानमन्त्रीले राजिनामा दिनुहुन्न ।’ प्रधानमन्त्रीको यही सोच बुझेर नै राप्रपाले सरकार छोड्ने निर्णय गरेको राप्रपाका एक केन्द्रीय नेता बताउँछन् । नयाँ प्रधानमन्त्री नियुक्तिसँगै पुराना प्रधानमन्त्री पदमुक्त हुने कानुनी ब्यवस्था रहेको छ ।

कमल थापा सरकारबाट बाहिरिए

Logo