यसरी मिल्यो एमाले माओवादी भागबण्डा, राष्ट्रपति–उपराष्ट्रपति दोहोरिने

यसरी मिल्यो एमाले माओवादी भागबण्डा, राष्ट्रपति–उपराष्ट्रपति दोहोरिने

केन्द्रबिन्दु
0
Shares

एमाले स्थायी समिति बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी अध्यक्ष बनाउने निर्णय गरेको छ । तर, पार्टीमा ओली र प्रचण्ड दुवैजना अध्यक्ष हुने पनि बैठकमा सहभागी एक नेताले वताए ।

त्यसैगरी बैठकले आउँदा दिनमा एमाले–माओवादी मिलनपछिका सम्पूर्ण पदको भागबण्डा अनौपचारिक रुपमा अनुमोदन गरेको छ । माओवादी केन्द्रका अध्यक्ष र एमाले अध्यक्षवीच भएकाे गोप्य सहमतीलाई एमाले स्थायी कमिटीले अनुमोदन गरेको एमाले स्रोत बताउँछ । साढे २ बर्षपछि प्रचण्डलाई ओलीले प्रधानमन्त्रीको पद छोडिदिने गोप्य सहमतिलाई समेत बैठकले अनुमोदन गरेको स्रोतको दावी रहेको छ ।

स्थायी कमिटीको बुधबार बसेको बैठकले राष्ट्रपति–उपराष्ट्रपति दोहोर्याउने निर्णय समेत गरेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको प्रष्ट बहुमत छ । एमालेका १२१ र माओवादीका ५३ सांसद छन् ।

राष्ट्रिय सभाको नेतृत्व कसले गर्ने भन्ने सम्बन्धमा समेत बैठकले टुंगो लगाएको छ । राष्ट्रिय सभामा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले अध्यक्षता गर्ने बैठकले निर्णय गरेको हो ।

Logo