ओली–प्रचण्ड निर्णायक वार्ता सुरु !

ओली–प्रचण्ड निर्णायक वार्ता सुरु !

केन्द्रबिन्दु
0
Shares

फाइल फाेटाे 

केन्द्रबिन्दु डेस्क
निकै समयदेखि काम कम र चर्चा बढी हुँदै गरेको एमाले–माओवादी पार्टी एकताकालागी दुई पार्टीका अध्यक्षहरु निर्णायक वार्तामा बसेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुरको कुनै स्थलमा बसिरहेको स्रोतको दावी रहेको छ ।

अध्यक्ष ओली र प्रचण्डको आजको भेटलाई निकै नै महत्वका साथ हेरिएको छ । पार्टी एकताका सम्बन्धमा पछिल्ला केही दिन माओवादी अध्यक्ष प्रचण्डले नै ब्यङ्यात्मक शैलिमा अभिब्यक्ति दिन थालेपछि एकता प्रक्रिया संकाको घेरामा पुगेको थियो । प्रचण्डले ‘राजनीतिक फड्को मार्ने’ सम्मको अभिब्यक्ति दिएपछि उनकै भाषामा भन्दा ‘क्रमभंग’ को अवस्था सृजना भएको धेरैले विश्लेषण सुरु गरेका छन् । यस कारण पनि यी दुई अध्यक्षको भेटलाई राजनीतिक वजारमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

एमालेले जवज र माओवादीले माओवाद छोडेर नयाँ मोडलमा अघि बढ्ने सवालमा दुवै पार्टीको नेतृत्व सकारात्मक छ । तर, मुल नेतृत्वमा को ? भन्नेमा चाहिं कुरा मिल्न बाँकी छ । के दुई अध्यक्षले तत्कालै यो विषयको समाधान गर्न सक्लान् ? ओली प्रचण्डको वार्ता यही कारण प्रतिक्षित बनेको हो ।

 

 

Logo