काठमाडौं । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव बाम गठबन्धनसँग नजिकिएपछि राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल सहमतिमा आएको छ । "/>

उपेन्द्र बाम गठबन्धनतिर ढल्किएपछि राजपा सहमतिमा

उपेन्द्र बाम गठबन्धनतिर ढल्किएपछि राजपा सहमतिमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव बाम गठबन्धनसँग नजिकिएपछि राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल सहमतिमा आएको छ ।

प्रदेश २ को सरकार निर्माणका लागि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच भएको सहमति अनुसार फोरमले मुख्यमन्त्री, उपसभामुख र तीन मन्त्रालय पाउनेछ । राजपाले सभामुखसहित तीन मन्त्रालय लिने सहमति भएको छ ।

शनिबार तीनकुनेस्थित फोरम पार्टी कार्यालयमा दुईपार्टीबीच भएको सहमतिअनुसार ५ वर्षका लागि भागबण्डा भएको हो । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका महन्त ठाकुरद्वारा हस्ताक्षर गरिएको सहमति पत्रअनुसार मुख्यमन्त्री र उपसमामुखसहित आन्तरिक मामिला (गृह) तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र अर्थ तथा योजना मन्त्रालय संघीय फोरम नेपालको भागमा परेको छ । राजपाको भागमा सभामुखसहित भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रलाय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेका छन् ।

प्रदेश नम्बर दुईमा फोरम र राजपाको बहुमत छ । १ सय ७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सांसद चाहिन्छ । तेस्रो स्थानमा रहेको प्रमुख विपक्षी दल हुने निश्चित भएको छ ।

राजपाले मुख्यमन्त्रीसँगै महत्वपूर्ण मन्त्रालयको अडान नछाडेपछि यादव एमालेसँग नजिक भएका थिए । एमालेसहितको बाम गठबन्धनको सरकार बन्ने भएपछि राजपा लचक भएको थियो ।

दुई मधेसी गठबन्धनको तालमेलपछि अब फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउत मुख्यमन्त्री हुने निश्चित भएको छ । फोरमले यसअघि नै दलको नेता छानिसकेको छ ।

Logo