प्रदेश ३ र ७ मा आज सभामुख र उपसभामुख चुनिंदै

प्रदेश ३ र ७ मा आज सभामुख र उपसभामुख चुनिंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । प्रदेश ३ र ७ मा आज सभामुख र उपसभामुख चयन हुदैछ । हेटौंडामा बस्ने प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकले आफ्नो पहिलो सभामुख चयन गर्न लागेको हो ।

सभामुखमा वाम गठबन्धनबाट एमालेका सानु श्रेष्ठ र उपसभामुखमा माओवादी कन्द्रकी राधिका तामाङ्गको नाम तय भएको छ । कांग्रेसले भने आफ्नो उम्मेद्वार नउठाउने भएको छ  । उसले सभामुख र उपसभामुख दुवैजनाको विपक्षमा मतदान गर्ने ताएको छ ।

त्यस्तै प्रदेश नम्बर ७ को सभामुखको चयन पनि शनिबार नै हुँदैछ । गठबन्धनका तर्फबाट एमालेका अर्जुनबहादुर थापालाई सभामुखको उम्मेदवार बनाएको छ ।

Logo