समानुपातिक मत: सबैभन्दा बढी एमालेलाई, कम ‘हाम्रो पार्टी’लाई

समानुपातिक मत: सबैभन्दा बढी एमालेलाई, कम ‘हाम्रो पार्टी’लाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको मत परिणाम र सिट संख्या सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभाको समानुपातिकमा भाग लिएका ४९ दलमध्ये सबैभन्दा बढी नेकपा एमालेले मत पाएको छ भने सबैभन्दा कम ‘हाम्रो पार्टी’ ले पाएको छ । आयोगका अनुसार सबैभन्दा धेरै मत एमालेले ३१ लाख ७३ हजार ४९४ पाएको छ भने सबै भन्दा कम मत पाउने हाम्रो पार्टीले ४२६ मत प्राप्त गरेको छ ।

जस अनुसार समानुपातिकको ११० सिटमध्ये एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा र फोरमले ६/६ सिट पाएका छन् । आयोगका अनुसार एमालेले ३७, कांग्रेसले २०, माओवादीले १६, राजपाले ६ र फोरमले ५ महिला प्रतिनिधित्व सुनिश्चित गर्नु पर्नेछ ।

Logo