जनादेशको भावना बिथोल्न नहुनेमा जोड

जनादेशको भावना बिथोल्न नहुनेमा जोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । मुलुकको संक्रमणकाल अन्त्यका लागि जनादेश बमोजिम वाम गठबन्धन नेतृत्वको सरकार अब चाँडो निर्माण हुनेमा विभिन्न दलका नेताहरुले बताएका छन् । 

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा गठबन्धनको सरकार गठनका लागि गृहकार्य भइरहेको हुँदा त्यसलाई कसैले पनि बिथोल्न नसक्ने उनीहरुको भनाइ थियो । 

नेकपा (एमाले)का नेता रघुवीर महासेठले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी देशलाई समृद्ध बनाउन जनताले वाम गठबन्धनलाई मतदान गरेको स्मरण गर्दै एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार निर्माण भएपछि दुवै दलको एकता हुने बताए । 

नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले एकताका लागि वार्ता संयोजन समितिको बैठक आज बस्ने जानकारी दिँदै एकतापछि दुवै दल एउटै हुने हुँदा पार्टी तथा सरकारको नेतृत्व जसले गर्दा पनि फरक नपर्ने र नेता व्यवस्थापनका लागि दलहरुका बीच आन्तरिक गृहकार्य भइरहेको उल्लेख गरे । 

राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले सरकार प्राथमिकताको विषय नभए पनि अब बन्ने नयाँ सरकार संविधान संशोधनको विषयमा लचक भए आफूहरु पनि सरकारमा सहभागी हुन सक्ने बताए।

Logo