काँग्रेस ६ नं प्रदेशको संसदीय दलको नेतामा शाही

काँग्रेस ६ नं प्रदेशको संसदीय दलको नेतामा शाही

केन्द्रबिन्दु
0
Shares

सुर्खेत । नेपाली काँग्रेसले ६ नं प्रदेशको संसदीय दलको नेतामा हुम्ला (ख) बाट निर्वाचित सांसद जीवनबहादुर शाहीलाई चयन गरेको छ । 

आज बसेको काँग्रेस संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत दलको नेतामा चुनिएको जुम्लाका सांसद दिनबन्धु श्रेष्ठले जानकारी दिए । अन्य संसदीय दलका पदाधिकारी अब बस्ने संसदीय दलको बैठकबाट निर्णय गरिने उनले बताए । 

नेपाली काँग्रेसका तर्फबाट ६ नं प्रदेशको मुख्यमन्त्री उम्मेदवारी घोषणा गरी हुम्लाबाट प्रदेशसभामा निर्वाचित शाही यो प्रदेशमा प्रत्यक्ष जित्ने एक्ला सांसद हुनुहुन्छ । पार्टीले अनपेक्षित हार व्यहोरेपछि उनले अहिले दलको नेतामा चित्त बुझाउनु परेको छ । यो प्रदेशमा काँग्रेसका छजना प्रदेश सांसद रहेका छन् ।

Logo