काठमाडौँ ।  प्रदेश नम्बर १ को एमाले संसदीय दलको नेता छान्नको लागि आज चुनाव हुँदैछ। "/>

प्रदेश १ र ३ मा एमालेले संसदीय दलको नेता छान्दै

प्रदेश १ र ३ मा एमालेले संसदीय दलको नेता छान्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । प्रदेश नम्बर १ को एमाले संसदीय दलको नेता छान्नको लागि आज चुनाव हुँदैछ। सर्वसमत रुपमा नेता चयन गर्न नसकेपछि चुनाव हुन लागेको हो । वाम भागवण्डामा प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा परेको छ र दलको नेता नै मुख्यमन्त्री हुनेछन् ।
 
प्रदेश एकमा एमालेको एकल बहुमत रहेको छ । दलको नेताका लागि प्रदेश १ का संयोजक धिम आर्चाय र सह संयोजक शेरधन राई उम्मेदवारी दिने भएका छन्। संसदीय दलको नेता मुख्यमन्त्री बन्ने भए पछि एमालेमा चुनाव हुन लागेको हो । प्रदेशका सांसदमा नेता माधवकुमार नेपाल पक्षको बहुमत छ। मुख्यमन्त्रीका प्रत्यासी आचार्य नेपाल पक्षका हुन भने राई अध्यक्ष केपी शर्मा ओली पक्षका हुन्।
 
त्यस्तै प्रदेश नं ३ को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ। प्रदेश नम्बर ३ को एमाले संसदीय दलको नेतामा २ जनाको उम्मेदवारी परेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने निर्वाचनका लागि अहिले उम्मेदवारी दर्ता चलिरहेको छ। पार्टी उपाध्यक्षसमेत रहेकी प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य र प्रदेशसभाका जेष्ठ सदस्य डोरमणि पौडेलले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गराएका हुन् ।
 
एमालेभित्रको गुटका आधारमा अष्टलक्ष्मी माधव नेपाल समूहका हुन् भने पौडेल ओली समूहका हुन् । मुख्यमन्त्रीमा दाबी गर्दै आएका राजेन्द्र पाण्डेले उम्मेदवारी नदिए र शाक्यलाई सधाउने बुझिएको छ ।

Logo