काठमाडौँ
राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । ५६ सिट मध्ये एमालेले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो। "/>

राष्ट्रियसभा चुनाव मत परिणामः वाम गठबन्धनलाई ३६ सिट र कांग्रेसलाई १३ सिट

राष्ट्रियसभा चुनाव मत परिणामः वाम गठबन्धनलाई ३६ सिट र कांग्रेसलाई १३ सिट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । ५६ सिट मध्ये एमालेले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो। त्यस्तै कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् । मतदान सकिए लगत्तै अपराह्न देखि मतगणना सुरु भएको थियो ।

प्रदेश १ मा दलित र अपांग–अल्पसंख्यक कोटामा एमालेका खेमराज नेपाली, अगमप्रसाद बान्तवा राई निर्वाचित भएका छन् । प्रदेश १ बाटै एमालेका परशुराम मेघी गुरुङ, हरिचरण रायमाझी, नैनकला ओझा, कांग्रेसका रमेशजंग रायमाझी, सरिता प्रसार्इं, माओवादी केन्द्रकी बीना पोखरेल निर्विरोध भएका थिए । सबै विजयीलाई बुधबार साँझ प्रमाणपत्र वितरण गरिएको मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले जानकारी दिए ।

प्रदेश २ बाट एमालेका सुमनराज प्याकुरेल, कांग्रेसका जितेन्द्र नारायण देव र मुक्ताकुमारी यादव, माओवादी केन्द्रका शशिकला दाहाल, संघीय समाजवादी फोरम नेपालका प्रमिलाकुमारी, रामप्रित पासवान, राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लाल र रामप्रसाद यादव निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध सबैलाई बुधबार नै विजयी भएको प्रमाणपत्र दिइएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए।

प्रदेश ३ मा दलिततर्फ एमालेका सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकबाट एमालेकै रामचन्द्र राई निर्वाचित भए । महिलातर्फ एमालेकी उदया शर्मा पौड्याल, दिलकुमारी थापा र कांग्रेसबाट धनकुमारी खतिवडा विजयी भएकी छन् । त्यस्तै खुलातर्फ एमालेका बलराम प्रसाद बाँस्कोटा, कांग्रेसका राधेश्याम अधिकारी र माओवादी केन्द्रका रामबहादुर थापा विजयी भएका छन् ।

प्रदेश ४ मा एमालेबाट गणेश तिमिल्सेना, शान्ति अधिकारी र दीपा गुरुङ विजयी भएका छन् । कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, विन्दादेवी आले (राना) र प्रकाश पन्थ विजयी भए । पन्थ निर्विरोध भएका हुन् । त्यस्तै माओवादीबाट दीनानाथ शर्मा, खिमकुमार विक निर्वाचित भए।

प्रदेश ५ मा एमालेका खिमलाल भट्टराई, कांग्रेसका दुर्गाप्रसाद भट्टराई, माओवादीबाट चन्द्रबहादुर खड्का निर्वाचित भएका छन् । त्यस्तै दलितबाट एमालेका रामलखन चमार र अल्पसंख्यकबाट माओवादीका राजकुमार कुँवर निर्वाचित भएका छन् । प्रदेश ५ मा एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटा निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेश ६ मा एमालेबाट नरपति लुवार, कविता बोगटी र नन्दा शर्मा चपार्इं विजयी भएका छन् । त्यस्तै, माओवादी केन्द्रबाट जीवन बुढा र युटोल तामाङ विजयी भए ।

त्यस्तै प्रदेश ७ मा एमालेका चक्रप्रसाद सुवेदी र माओवादी केन्द्रका महेशकुमार महरा विजयी भएका छन् भने एमालेका शेर बहादुर कुँवर, इन्दु कडरिया, कमलाकुमारी ओली, कांग्रेसका बद्रीप्रसाद पाण्डे, तारादेवी भट्ट, माओवादीका हरिराम चौधरी निर्विरोध भएका छन् । निर्वाचित सबैलाई बुधबार साँझ नै प्रमाणपत्र प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत जयानन्द पाण्डेले जानकारी दिए ।
अन्नपूर्णबाट

Logo