काठमाडौं ।

प्रदेश नम्बर १ को मुख्यमन्त्री को हुने ? भन्ने निर्णयक भुमिकामा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई देखिएका छन । "/>

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा योगेश भट्टराई निर्णायक !

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा योगेश भट्टराई निर्णायक !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रदेश नम्बर १ को मुख्यमन्त्री को हुने ? भन्ने निर्णयक भुमिकामा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई देखिएका छन । प्रतिनिधिसभामा ताप्लेजुङबाट भारी मत सहित विजयी भएका सचिव भट्टराई पार्टी भित्र प्रभावशाली मानीएका भट्टराई पछिल्लो भुमिकाहरु गुटगत भन्दा पार्टी हितमा गर्नु पर्छ भन्ने मान्यता राख्दै आएका नेतामा पर्दछन ।

गत मंसिरमा सकिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन हुनु भन्दा अगाडी एक नम्बर प्रदेशको भावि मुख्यमन्त्रीको रुपमा चार्चामा रहेका भट्टराई सर्वसमत मुख्यमन्त्री नहुने भए पछि अन्तिम समयमा ताप्लेजुङमा प्रतिनिधिसभामा चुनाव लडेका थिए । भट्टराईले मुख्यमन्त्री हुनकै लागी आफ्नो मतदाता नामावली आफ्नो पुख्र्यौली गाँउ मैवाखोला सारेका थिए ।

निर्वाचन अगाडी र अहिलेको एमाले भित्रको समिकरणमा केही फेर वदल आउन थालेको संकेत देखिन थालेको छ । निर्वाचन अगाडी केपी ओलीको गुट भित्र नरहे पनि ओलीले रुचाएका नेता मध्येमा पर्ने भट्टराई चुनाव पछि वाम एकतामा विवादास्पद अभिब्यक्ती दिएका कारण ओलीको नजरबाट योगेश टाढा रहेको ओली निकटका एक नेताले बताए ।

भट्टराईले एक सार्वजनिक कार्यक्रममा ओली लगायतका नेताहरुले राजनीतिबाट सन्यास लिनु पर्ने आशय व्यक्त गरेका थिए । त्यसयता ओली र भट्टराई सम्बन्धमा खासै नजिक नरहेको बुझिएको छ ।

एमालेको ९ औ महाधिवेशनमा माधव नेपाल समुहबाट सचिवमा निर्वाचित भट्टराईलाई ओलीले नै रोजेर प्रचार विभागको जिम्मेवारी दिएका थिए । मुख्यमन्त्रीको चुनाव लड्न पहिलो सल्लाह माधव नेपाल गुटमा भन्दा पहिले ओलीसंग सल्लाह लिएको आरोप माधव नेपाल समुहले लगाएको थियो । ओलीले मुख्यमन्त्री बन्ने हो भने भिम आर्चाय र शेरधनलाई बनाएर अगाडी बढ्न भट्टराईलाई सुझाएका थिए । तर आर्चाय र शेरधनलाई रिझाउन नसकेपछी भट्टराईले मुख्यमन्त्री माया मारेर प्रतिनिधिसभामा लागेका थिए ।

यसरी निर्णक छन् योगेश

प्रदेश नम्बर १ मा एमाले नेताहरुको कुनै खाँचो छैन । पार्टी अध्यक्ष ओली, बरिष्ठ नेता झलनाथ खनाल, सचिव भिम आर्चाय, सुभाष नेम्बाङको समेत प्रभाव रहेको क्षेत्र नम्बर १ मा योगेशले आफुलाई दह्रो बनाउदै लगेका छन, आफ्नो गृह जिल्ला ताप्लेजुङ पार्टी अध्यक्ष तथा संसद वलबहादुर साम्सोहाङ, तेह्रथुम जिल्लाका अध्यक्ष तथा संसद लक्ष्मण तिवारी, पार्टी केन्द्रीय सदस्य साथै मुख्यमन्त्रीकै दावेदारीमा रहेका जिवन घिमिरे, मोरङबाट निर्वाचित राजकुमार ओझा, धनकुटा (ख) बाट निर्वाचित ईन्द्रमणी पराजुली र समानुपातीक सुचिबाट संसद बनेकी होमकुमारी साँवा सहितका संसदहरु योगेशको लाईनमा रहेका छन् ।

आफ्नो निर्वाचन सक्काएर भट्टराई दोस्रो चरणका निर्वाचन हुने सबै क्षेत्रमा पुगेर निर्वाचनमा सहयोग गरेका कारण पनि उदयमान र सम्भावना बाकेको नेताका रुपमा आफ्नो छवि बनाएका कारण योगेशको लाईनमा प्रदेश संसदहरु लाग्नु स्वाभावीक रहेको एक प्रदेश संसदले बताए ।

२६ गते हुने संसदिय दलको निर्वाचनले मुख्यमन्त्रीको छिनोफानो लगाउने भएको हुँदा आफ्नो पक्षका संसदहरु र नेताहरुसंग विराटनगरमा गोप्य भेटघाट र कुराकानी गर्न भट्टराई विराटनगरको एक होटलमा व्यस्त रहेको बुझिएको छ ।

Logo