फागुन दोस्रो साता ओली प्रधानमन्त्री

फागुन दोस्रो साता ओली प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी शर्मा ओली फागुन दोस्रो साता प्रधानमन्त्री हुने भएका छन् । राष्ट्रिय सभा चुनाव सकिए लगत्तै प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्ने भएकाले ढिलोमा फागुनको दोस्रो साता मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको हो ।

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले फागुन दोस्रो साता नयाँ सरकार गठन हुने दाबी गर्दै अध्यक्ष ओली प्रधानमन्त्री बन्ने ठोकुवा गरेका हुन् । केन्द्रबिन्दुसँग कुरा गर्दै उनले भने –‘फागुन दोस्रो साता भन्दा ढिलो हुँदैन ।’

राष्ट्रिय सभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएको केही दिनमै राष्ट्रपतिले सहमतीय सरकारको अपिल गर्ने र त्यसपछि बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्री घोषणा गर्नेछिन् । नयाँ प्रधानमन्त्री चयन गर्न संसद बस्नैपर्ने संवैधानिक प्रावधान छैन ।

Logo