सार्वजनिक कार्यक्रमबाट टाढिंदै ओली

सार्वजनिक कार्यक्रमबाट टाढिंदै ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विस्तारै सार्वजनिक कार्यक्रमबाट टाढिंदै गएका छन् । सार्वजनिक कार्यक्रमका धेरै निम्तो स्वीकार गर्न छाडेका ओली तय भएका कार्यक्रममा समेत जान छाडेका छन् ।

ओली दुई साताअघि पार्टीको महिला संगठनको कार्यक्रममा गएनन् । कार्यक्रममा अन्तिम समयसम्म आउने सूचना दिइए पनि आएनन् । आयोजकले अध्यक्ष नआएपछि महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएर कार्यक्रम गरेको थियो ।

आइतबार पार्टीको शुभेच्छुक संगठन प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसमा प्रमुख अतिथि ओली नै थिए । कार्यक्रम सुरु भएको एक घण्टासम्म ओली बालकोटबाट हिंड्न लागेको सूचना कार्यक्रम सञ्चालक चौतारी महासचिव राजेश राईले दिइरहेका थिए ।

कार्यक्रमको बीचमा ओलीले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई प्रमुख अतिथि बनाएर पठाए । ‘मैले कार्यक्रमबारे धेरै बुझेको पनि थिइनँ,’ उनले भने, ‘अध्यक्षले लु जानुस् भनेपछि आउनुपर्यो ।’

सार्वजनिक कार्यक्रममा ओलीले बोलेका मन्तव्यलाई अनेक कोणबाट ब्याख्या गर्ने र बहस गराएर विवादित बनाइएपछि सार्वजनिक कार्यक्रमको उपस्थिति घटाउने योजना वनाएको बालकोट स्रोत बताउँछ ।
ओलीले निजी निवासमा हुने भेटघाटलाई पनि रोक लगाएका छन् । अबदेखि पार्टी कार्यालयमै नियमित भेटको समय व्यवस्थापन गर्न लागिएको ओलीको निजी सचिवालयले जनाएको छ ।

Logo