काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि पराजित भएका एमाले नेता देवी ज्ञवालीलाई राष्ट्रिय सभामा लैजान प्रस्ताव गरेका छन् । "/>

देवी ज्ञवालीलाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रस्ताव

देवी ज्ञवालीलाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि पराजित भएका एमाले नेता देवी ज्ञवालीलाई राष्ट्रिय सभामा लैजान प्रस्ताव गरेका छन् ।

राष्ट्रियसभामा उम्मेदवार बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव गरेका दाहाल अन्तिममा असफल भएका थिए । ‘एमालेको आन्तरिक समीकरण र माओवादीबाट बादल कमरेड (रामबहादुर थापा)लाई राष्ट्रिय सभामा पठाउनैपर्ने बाध्यताले ज्ञवालीजी छुट्नुभयो,’ दाहाल निकट एक नेताको भनाइ छ, ‘सरकारले मनोनीत गर्ने तीन जनामा उहाँलाई लैजाने तयारी भइरहेको छ ।’

अध्यक्ष दाहालले ज्ञवालीलाई ‘सेटल’ नगरे आफूलाई काम गर्न आफूलाई अप्ठ्यारो पर्नेसमेत ओलीलाई बताइसकेका छन् । ओलीका एकजना स्वकीय सचिवको भनाइ छ, ‘षड्यन्त्र गरेरै ज्ञवालीलाई हराएको भन्ने भाव प्रचण्डमा देखिन्थ्यो ।’

महानगरपालिकाको निर्वाचन मतपरिणाम अन्तिम चरणमा पुग्दा माओवादी केन्द्रका दुई कार्यकर्ताले मतपत्र च्यातेका थिए । मतपत्र प्रकरणपछि भरतपुर १९ मा पुनः मतदान भएको थियो । पुनः मतदान हुँदा कांग्रेसको समर्थनमा उम्मेदवार भएकी दाहालपुत्री रेणु दाहाल झिनो मतले निर्वाचित भएकी थिइन् । मतपत्र नच्यातिएको भए झण्डै तीन सय मतले ज्ञवाली विजयी हुने थिए ।

भरतपुर प्रकरणपछि चर्चित भएका एमाले सल्लाहकार कमिटीका सदस्य ज्ञवाली गत प्रतिनिधिसभा निर्वाचनमा दाहाललाई जिताउन होमिएका थिए । ज्ञवालीले नै दाहालको निर्वाचन क्षेत्रको मुख्य कमाण्डर थिए ।

ज्ञवालीले भने राष्ट्रिय सभामा लैजाने विषय आफूभन्दा माथिल्लो तहको रहेको बताउँदै आफू पदका लागि राजनीतिमा नआएको बताए ।

Logo