काठमाडौं ।

देश संघिय संरचनामा गएसँगै अहिले प्रदेशहरुमा पहिलो प्रदेशसभाको बैठक बोलाउने चटारो सुरु भएको छ । "/>

आज ४ प्रदेशमा प्रदेशसभा बैठक, कुन प्रदेशमा कस्तो छ तयारी ?

आज ४ प्रदेशमा प्रदेशसभा बैठक, कुन प्रदेशमा कस्तो छ तयारी ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

देश संघिय संरचनामा गएसँगै अहिले प्रदेशहरुमा पहिलो प्रदेशसभाको बैठक बोलाउने चटारो सुरु भएको छ । प्रदेश नम्बर ३ को बैठक माघ १८ गते हेटौंडामा सम्पन्न भएको छ भने प्रदेश नम्बर १ र ४ को बैठक भोलीका लागी तय गरिएको छ । आज माघ २१ गते प्रदेश नम्बर २, ५, ६ र ७ मा प्रदेशसभाको पहिलो बैठक बस्ने तयारी भएको छ ।

कुन प्रदेशमा कस्तो तयारी

प्रदेश नम्बर ७ः २७ कर्मचारीको दरबन्दी, १ जना मात्र सम्पर्कमा

प्रदेश नम्बर ७ को पहिलो प्रदेशसभा बैठक अस्थायी राजधानी धनगढीमा हुनेछ । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ७४ वर्षीय दिव्यश्वरी शाहले गर्ने छिन् । सहयोगी ५ जनाको समिति गठन हुनेछ ।

दलका प्रतिनिधिले बोलेपछि संसदले संसद संचालनको अन्तरमि कार्य्विधि पारित गर्ने कार्यसुची रहेको प्रदेश सभा संचालनका लागि आएको केन्द्रीय संसदको विज्ञ टोलीका संयोजक सहसचिव मुरारी महतले जानकारी दिए ।

प्रदेश सभा हल अगाडि रहेको जिल्ला प्राविधिक कार्यालयका ५ वटा कोठामा सभामुख, उपसभामुख, संसद सचिवालय तथा बाँकी दुई वटा कोठालाई संसदका मर्यादा पालकको पोशाक परिवर्तन कक्षका रुपमा प्रयोग गरिने छ ।

मर्यादा पालकले प्रयोग गर्ने ती कोठामा पछि संसदमा प्रतिनिधितव गर्ने चार वटा दलका संसदीय कार्यालयहरु राखिने डिभिजन प्रमुख बोहराले बताए । ५३ सदस्यीय प्रदेश संसदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको प्रतिनिधित्व रहेको छ ।

प्रदेश सभा सचिवालयका लागि सरकारले २७ जनाको दरबन्दी स्वीकृत गरेको छ । तर, स्वीकृत दरबन्दी अनुसार कर्मचारी भने आईपुगेका छैनन् । आईतबारसम्म एक जना अधिकृतमात्र सम्पर्कमा आएका केन्द्रीय संसद सचिवालयको टोलीले जनाएको छ । टोलीका संयोजक महतले कर्मचारी नआए पनि संसद संचालनलगायतका काम नरोकिने बताए ।

आफूहरुको आग्रहमा स्थानीय प्रशासनले थप एक जना कर्मचारी संसद सचिवालयमा खटाएको उनले बताए । संसदमा ३० जना प्रहरी कर्मचारीलाई मर्यादापालकको रुपमा खटाइदै छ ।

प्रदेश नम्बर ६ः सम्पूर्ण तयारी पुरा

प्रदेश नम्बर ६ को बैठक सुर्खेतमा बस्नेत छ । दिउँसो १ बजेपछि सुरु हुने बैठकमा कार्यसूची समेत तय गरिएको छ । जसअनुसार सुरुमा राष्ट्रिय गान बजाउने, १ मिनेट मौन धारण गर्ने र प्रदेश प्रमुखले पठाएको पत्र सुनाईने छ ।

बैठकको अध्यक्षता हिमबहादुर शाहीले गर्नेछन् । यो प्रदेशमा एमालेका २०, माओवादीका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।

प्रदेश नम्बर ५: बलदेव शर्माको अध्यक्षता बैठक

प्रदेश नम्बर ५ को बैठक उद्योग वाणिज्य संघको भवनामा हुने छ । विभिन्न जिल्लाबाट संसदहरु हिजो नै त्यहाँ आईपुगेका छन् । पहिलो बैठकमा आएका सांसदहरुका लागि स्थानीय होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले खाना र आवासमा २० प्रतिशत छुट दिएका छन् ।

प्रदेश ५ को प्रदेश सभा बैठकको अध्यक्षता ७९ वर्षीय बलदेव शर्मा पोखरेलले गर्नेछन् । प्रदेश ५ को सभामुख चयनका लागि २८ माघमा निर्वाचन गर्ने मिति प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

५ नम्बर प्रदेशबाट नेकपा एमाले ४१, नेपाली कांग्रेस १९, माओवादी केन्द्र २०, संघीय समाजवादी फोरम ५, राष्ट्रिय जनता पार्टी १ र राष्ट्रिय जनमोर्चा १ गरी ८७ सांसद छन् ।

प्रदेश नम्बर २ः बैठकमा दाउरा सुरुवाल निषेध

प्रदेश नम्बर २ मा मधेस केन्द्रित दलहरुको बाहुल्यता रहेका छ । सपथ समेत स्थानीय भाषामा लिइएको यो प्रदेशमा खटाईएका मर्यादा पालकहरुले दाउरा सुरुवाल लगाउन पाउने छैनन् ।

सपथ ग्रहण कार्यक्रममा ४७ जनाले मैथिली, २५ जनाले भोजपुरी, २४ जनाले नेपाली र ११ जनाले हिन्दीमा शपथ लिएका थिए । प्रदेशसभाको अध्यक्षता ७५ वर्षिय लगनलाल चौधरीले गर्नेछन् ।

Logo