धनगढी |

एमालेसँगको भागबण्डाका क्रममा माओवादी केन्द्रको भागमा परेको प्रदेश नम्बर ७ को मुख्यमन्त्री पदमा सिफरिस भएका त्रिलोचन भट्ट चोरबाटोबाट सिफरिस भएको खुलासा भएको छ । "/>

मानबहादुर धामी मुख्यमन्त्रीको साझा उम्मेदवार, वीरमानले दिए सहमति

मानबहादुर धामी मुख्यमन्त्रीको साझा उम्मेदवार, वीरमानले दिए सहमति

केन्द्रबिन्दु
0
Shares

धनगढी |

एमालेसँगको भागबण्डाका क्रममा माओवादी केन्द्रको भागमा परेको प्रदेश नम्बर ७ को मुख्यमन्त्री पदमा सिफरिस भएका त्रिलोचन भट्ट चोरबाटोबाट सिफरिस भएको खुलासा भएको छ ।

मुख्यमन्त्रीका एक दाबेदार वीरमान चौधरीका अनुसार प्रदेश नम्बर ७ का ईञ्चार्ज लेखराज भट्टले डोटीबाट निर्वाचित त्रिलोचन भट्टलाई आफुखुसी सिफारिस गरेका हुन् । चौधरी भन्छन्, प्रदेश पार्टीको लेटरप्याड नै ईञ्चार्जसँग हुन्छ, उहाँले पावरको दुरुपयोग गरि प्रदेश कमिटिको बैठक बीना नै भट्टको नाम सिफरिस गर्नुभयो ।

असन्तुष्ट पक्षले त्रिलोचन भट्टको साटो मानबहादुर धामीलाई सर्वसम्मत उम्मेदवार बनाउने भएका छन् । माओवादी केन्द्रका एक नेताले भने्, लेखराज जीले आफ्नो अधिकारको गलत प्रयोग गर्नुभयो त्यसैले हामीले यसको विरोध गरेका हौँ । हाम्रो साझा उम्मेदवार भनेका मानबहादुर धामी नै हुन् । धामी दार्चुला ख बाट निर्वाचित साँसद हुन् ।

‘शक्तिको दुरुपयोग गरेर मुख्यमन्त्रीको सिफारिस गर्ने काम भएपनि त्यो सिफारिस काम लाग्दैन, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका चौधरी भन्छन्, संसदीय दलमा धामीजी उठ्नुहुन्छ र जित्नुपनि हुन्छ ।’

प्रदेश कमिटीको निर्णय भन्दै शुक्रबार भट्टले डोटीबाट निर्वा्चित त्रिलोचन भट्टको नाम पार्टी हेर्डक्वार्टरमा पेश गरेका थिए । यसअघि कैलाली–३ ‘क’ बाट निर्वाचित चौधरीलाई मुख्यमन्त्री बनाउने चर्चा थियो ।

तर, शुक्रबार अकस्मात नेता भट्टले डोटीका त्रिलोचन भट्टको नाम १ नम्बरमा राखेर पार्टी हेडक्वार्टरमा सिफारिस गरेपछि अर्काे पक्षले धामीलाई उठाउने निर्णय गरेको हो ।

प्रदेश ईञ्चार्ज भट्टले बताए अनुसार समय अभावका कारण फोन गरेर सबैको धारणा बुझी भट्टलाई सिफारिस गरिएको हो ।

Logo