काठमाडौं ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार विशेष विमान मार्फत नेपाल आईपुगेकी छिन् । "/>

सुष्मालाई एमाले अध्यक्ष ओलीले नेपाल बोलाएको खुलासा !

सुष्मालाई एमाले अध्यक्ष ओलीले नेपाल बोलाएको खुलासा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार विशेष विमान मार्फत नेपाल आईपुगेकी छिन् । एजेण्डाबीना नै साथीभाईसँग भेटघाट गर्नका लागी नेपाल आएको उनले विमानस्थलमा पत्रकारहरुलाई प्रतिकृया दिएकी थिइन् ।

वाम गठबन्धनको सरकार बन्ने पक्का भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भावी प्रधानमन्त्रीका रुपमा हेरिएका केपी शर्मा ओलीलाई २ पटक फोन गरिसकेका छन् ।
गठबन्धनको सरकार बन्नुभन्दा पहिले नै सुष्मा नेपाल आउनुलाई धेरैले महत्वका साथ हेरेका छन् ।

सुष्मा भ्रमणः देउवाको शंका, ढुक्क ओली

ओलीले स्वराजलाई आफुले नेपाल बोलाएको खुलासा गरेका छन् । ओली निवास बालकोटमा भएको गठबन्धनका नेताहरुले बैठकमा ओलीले यस्तो खुलासा गरेका हुन् ।
बैठकमा स्वराज किन आइन् भन्ने चर्चा समेत चलेको थियो । सम्मको चर्चा भएको नेताहरुले बताएका छन् ।

 

सुष्मा स्वराजको अस्वभाविक नेपाल भ्रमण

पार्टी एकता संयोजन समितिको बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले भने, ‘सुष्मा स्वराज छिमेकी देशको नेता हो, हाम्रो पाहुना हुनुहुन्छ । भ्रमणलाई दुई देशको सम्वन्ध सुधार गर्ने सकारात्मक कदमको रुपमा लिएका छौं ।’

गौतमले भने ओलीसँगको छलफल पछि नै स्वराज नेपाल आएकी हुन् । गौतम भन्छन्, मोदीसँगको टेलिफोन वार्तामा ओलीले प्रतिनिधि मार्फत कुरा गर्ने बताएपछि मोदीले स्वराजलाई नेपाल पठाएका हुन् ।

भारतीय विदेशमन्त्री विमानस्थलबाट सिधै सोल्टी होटल

भारतले कर्मचारी पठाए स्वीकार्य नहुने ओलीले मोदीलाई भनेका कारणले मोदीले सुष्मालाई नेपाल पठाएको बुझिएको छ । बैठक सकेपछि एमाले अध्यक्ष ओली लगायतका नेताहरु सोल्टी होटल पुगेका छन् । सोल्टीमा एमालेले रात्री भोजको आयोजना समेत गरेको छ । पार्टी एकताबारे छलफल गर्न दुई दलको बैठक बसेको थियो ।

के–के सन्देश ल्याउँदै छिन भारतीय विदेश मन्त्री सुष्मा स्वराजले ?

एकता संयोजन समिति बैठकमा के के भयो ?

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिले प्रदेशसभाको शक्ति बाँडफाँडसम्बन्धी गरेको निर्णयलाई अनुमोदन गरेको छ । 

आज एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले दुई पार्टी सम्मिलित कार्यदलले पेश गरेको प्रतिवेदनलाई अनुमोदन गरेको हो । 

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमालेका उपाध्यक्ष एवं कार्यदलका संयोजक वामदेव गौतमले कार्यदलले पेश गरेको प्रतिवेदनलाई बैठकले पारित गरेको जानकारी दिनुभयो । दुई पार्टीले प्रदेशसभाका लागि ७०–३० को आधारमा शक्ति बाँडफाँड गर्ने र जसमा चार वटा प्रदेशमा एमालेका मुख्यमन्त्री र सभामुख तथा दुई वटा प्रदेशमा माओवादीका मुख्यमन्त्री र सभामुख रहने गरी कार्यदलले गरेको निर्णयलाई बैठकले अनुमोदन गरेको हो । 

बैठकले दुई पार्टी एकताबारेमा अझै कसरत नपुगेको ठहर गरेको छ । बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भन्नुभयो, “पार्टी एकताका सम्बन्धमा अझै दुई/तीन चरणमा दुई पार्टीका शीर्ष नेतृत्वमा छलफल गरेर कार्यदल बनाउने कुरा भएको छ ।” 

त्यसैगरी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणका वेला एमाले, माओवादी केन्द्रसहित वाम गठबन्धनले भेटघाट गर्ने क्रममा निर्वाचनमा आएको परिणामअनुसारको साझा जनमतलाई आधार बनाएर कुराकानी गर्नेबारे सहमति भएको जनाएको छ । 

बैठकमा दुई पार्टीबीच हुने एकताका सम्बन्धमा पनि छलफल गरेको थियो । बैठकमा दुई पार्टीका अध्यक्षले एकताबारे भएका प्रगतिको ब्रिफिङ गर्नुभएको बताइएको छ । 

बैठकमा एमाले अध्यक्ष ओली, उपाध्यक्ष वामदेव गौतम, नेताहरु ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरु रामबहादुर थापा, वर्षमान पुनको सहभागिता रहेको थियो । 

 

Logo