काठमाडौं ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने नेपाल भ्रमणमा काठमाडौं उत्रिएकी छन् । "/>

सुष्मा भ्रमणः देउवाको शंका, ढुक्क ओली

सुष्मा भ्रमणः देउवाको शंका, ढुक्क ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने नेपाल भ्रमणमा काठमाडौं उत्रिएकी छन् । निर्वाचनपछि नयाँ जनमत आएसँगै छिमेकी देशबाट पहिलोपटक उच्चस्तरको भ्रमण भएको हो ।

स्वराजको नेपाल भ्रमण सुरु भएलगत्तै नयाँ कोणबाट परिचर्चा सुरु भएको छ । स्वराजको भ्रमणमा सरकार भने बेखबरजस्तै छ । भ्रमण कार्यक्रमसमेत भारतीय दूतावासले सार्वजनिक गरेको छैन । परराष्ट्र मन्त्रालयका सहप्रवक्ता राबाबु ढकालले दूतावासले आफूहरुलाई ‘एराइभल’बाहेक कुनै जानकारी नदिएको बताए ।

दुई दिनअघि काठमाडौंस्थित भारतीय दूतावासले विज्ञप्ती जारी गर्दै दुई देशबीचको आपसी हितका विषयमा दलका नेतासँग छलफल गर्न स्वराज नेपाल आउने बताएको थियो । भ्रमणले दुई देशको सम्बन्ध थप बलियो बनाउने दूतावासको भनाइ छ ।

दूतावासको विज्ञप्तीजस्तै स्वराजको भ्रमण सरकारी स्तरभन्दा फरक छ । उनको प्राथकितामा राष्ट्रपति र प्रधानमन्त्रीभन्दा पनि एमाले अध्यक्ष केपी ओली छन् । खासगरी नाकाबन्दीपछि भारतसँग बिग्रिएको सम्बन्ध सुधारका लागि स्वराज काठमाडौं आएकी हुन् ।

स्वराजले भ्रमणको दोस्रो दिनमात्रै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नेछिन् । त्योभन्दा अगाडि ओलीसँग भेट गर्दैछिन् । एमालेले सोल्टी होटलमा आयोजना गरेको रात्रिभोजमा स्वराजसँग ओलीसहितका नेताहरुले भेट गर्नेछन् ।

मन्त्रालयका सहप्रवक्ता ढकालले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने तय भएको अनौपचारिक जानकारी आएको बताए । ‘तर दूतावासबाट केही भनिएको छैन,’ उनको भनाइ छ ।

एमाले नेता सुवासचन्द्र नेम्वाङले ओली र स्वराजको भेट सामान्य कुटनीतिक मान्यताअनुसार मात्रै भएको बताए । ‘कुनै अर्थपूर्ण भेट होइन, उहाँ आउनुभएको बेलामा भेट तय भएको हो,’ उनले भने ।

ओली नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईपटक टेलिफोन गरेर सम्बन्ध सुधारको संकेत गरेका थिए । दोस्रोपटकको टेलिफोनवार्तामा ओलीले मोदीसँग आफ्नो शपथग्रहणमा आउन निम्तोसमेत दिएका थिए । स्रोतका अनुसार ओलीले सम्भवतः लिखितरुपमै मोदीलाई शपथमा आउन निम्तो दिनेछन् ।

स्वराजको भ्रमणबाट भारतसँगको सम्बन्ध सुधारको अपेक्षा गरेका ओलीका लागि फलदायी हुनेछ । जसरी भारतीय संस्थापनले नेपालका बामन्थी अझ ओलीसँगको सम्बन्ध सुधारमा जति प्राथमिकता दिएका छन्, सार्वजनिकरुपमै व्यक्त नगरे पनि ओली पनि भारतलाई सँधै चिढ्याउने पक्षमा छैनन् ।

Logo