नेपालमा निर्वाचन सम्पन्न भएको तर नयाँ सरकार बनिनसकेको अवस्थामा भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज दुई दिने नेपाल भ्रमणमा आउँदैछिन् । "/>

के–के सन्देश ल्याउँदै छिन भारतीय विदेश मन्त्री सुष्मा स्वराजले ?

के–के सन्देश ल्याउँदै छिन भारतीय विदेश मन्त्री सुष्मा स्वराजले ?

केन्द्रबिन्दु
0
Shares

नेपालमा निर्वाचन सम्पन्न भएको तर नयाँ सरकार बनिनसकेको अवस्थामा भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज दुई दिने नेपाल भ्रमणमा आउँदैछिन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीको आग्रहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वराजलाई भ्रमणमा पठाउन लागेका हुन् । भ्रमणको एउटै उदेश्यहो–सन्देशको आदान प्रदान ।

यस्तो छ भ्रमण तालिका ?

दुईदिने भ्रमणका लागि भारतीय विदेशमन्त्री स्वराज ३ वजे काठमाडौ आईपुग्ने कार्यक्रम रहेको छ । आजै स्वराजले नेकपा एमालेका अध्यक्ष केपी ओली संग भेटघाट गर्ने कार्यक्रम रहेको छ । अथवा, प्रधानमन्त्री तथा राष्टपति भन्दा पहिला स्वराज र ओलीको विचमा वार्ता हुने छ ।

आज वेलुका नै ओलीले स्वराजको सम्मानमा रात्रीभोजको कार्यक्रम राखेका छन् । आज एमाले नेतृत्वसंगको भेटघाट पछि भोली विहान स्वराजले पशुपति मन्दिरको भ्रमण तथा पुजा गर्ने कार्यक्रम रहेको छ । भोली उनले प्रधानमन्त्री शेरवहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी तथा मधेशवादी दलहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । सम्पूर्ण भेटघाटको कार्यक्रम सकेर स्वराज भोली सांझ विशेष विमानद्धारा दिल्ली फर्कने कार्यक्रम रहेको छ ।

स्वराज किन आउँदैछिन ?

सुष्मा स्वराजको भ्रमण दुवै पक्षको चाहना हो । हालै सम्पन्न निर्वाचनमा वामगठवन्धनले दुई तिहाई वहुमत प्राप्त गरेपछि ओली प्रधानमन्त्री बन्ने पक्का भयो । त्यसैले ओली भारतसँग सम्वन्ध सुधार गर्न चाहान्थे । उता भारतीय प्रधानमन्त्री मोदी पनि त्यसैको पर्खाईमा थिए । यस बीचमा मोदी र ओलीबीच दुईपटक टेलिफोन सम्वाद भयो । दुई पक्षिय सम्वन्धलाई सौहाद्धपूर्ण रुपमा अगाडी बढाउनको लागि ओलीले मोदीलाई नेपाल भ्रमणमा पठाउन आग्रह गरे जसलाई मोदीले तत्काल स्वीकार गरे र भ्रमणका लागि पठाउने निर्णय लिए ।

सन्देश के ?

भारतीय विदेश मन्त्रीको सन्देश स्पष्ट छ । उनले सर्वप्रथम सवै भन्दा ठूलो दल बनेकोमा एमालेका अध्यक्ष केपी ओलीलाई वधाई दिने छन् । साथै, बामगठवन्धनको सरकारसंग भारतले मिलेर कामगर्ने सन्देश उनले दिने छिन् । विशेषत वामगठवन्धको नेतृत्वमा सरकार वन्न लागेकोमा भारत बेखुसी छ भन्ने हल्ला चलिरहेको समयमा स्वराजले ओलीलाई आश्वस्त पार्ने छिन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन सम्पन्न गरेकोमा उच्च प्रशंसा गर्नेछिन् ।

वाम एकता टुटने डर

स्वराजको भ्रमणसंगै राजनितिक वृतमा वामएकता तोडिन सक्ने विश्लेषण समेत शुरु भएको छ । संयोग नै मान्नुपर्छ स्वराजको भ्रमणसंगै एमाले र माओवादीका दुवै नेताले तत्काल एकताको सम्भावना टर्न लागेको बताउन लागेका छन् । केपीओली र भारतको विचमा सम्वन्ध सुध्रन लागेपछि माओवादी नेतृत्व शशंकति बनेको छ । विशेषत माओवादी नेताहरुले स्वराजले यतिवेला नेपालको भ्रमण गर्नु नै उपयुक्त नभएको वताउन थालेका छन् । भारतले एमाले र मधेशवादी दलहरुलाई मिलाएर आफुलाई एक्लो पार्न खोजेको विश्लेषण माओवादी नेताहरुले गरिरहेका छन् ।

मोदीलाई सपथमा वोलाउने ओलीको तयारी ?

भारतसँग सम्वन्ध सुधारमा लागेका एमाले अध्यक्ष ओली यतिवेला आफ्नो सपथ ग्रहण समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतचीन र सार्क मुलुकका उच्च अधिकारीहरुलाई बोलाउने तयारीमा छन् । मोदीत्यसका लागि तयार छन् अथवा छैनन् यकिन भने भएको छैन ।

चीनलाई चिसो पस्यो

नेपालमा बामपन्थीदलहरुको सरकार बन्ने भएपछि चीन निकै उत्साहित थियो र छ । विशेषरी वान वेल्ट वान रोडसंग सम्वन्धीत परियोजनाहरु अगाडी बढ्ने आशा चीनलाई छ । तर प्रधानमन्त्री नवन्दै ओली र भारतको बीचमा बढ्दो सामिप्यताले चीन झस्किएको प्रष्ट वुझ्न सकिन्छ ।

Logo