काठमाडौं

एमाले र माओवादी केन्द्रको कार्यदल बैठक आइतबार बस्ने भएको छ । एमाले संसदिय दलको कार्यालयमा दिउँसो तीन बजे बस्ने बैठकमा सरकार गठन र पार्टी एकताका विषयमा छलफल हुनेछ । "/>

बाम गठबन्धन कार्यदलको बैठक बस्दै, यी हुन छलफलका विषय

बाम गठबन्धन कार्यदलको बैठक बस्दै, यी हुन छलफलका विषय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

एमाले र माओवादी केन्द्रको कार्यदल बैठक आइतबार बस्ने भएको छ । एमाले संसदिय दलको कार्यालयमा दिउँसो तीन बजे बस्ने बैठकमा सरकार गठन र पार्टी एकताका विषयमा छलफल हुनेछ ।

एमाले महासचिव ईश्वर पोखरेलका अनुसार मुख्यमन्त्री र सभामुखको भागबण्डा पनि आजको बैठकले टुंगो लगाउने छ । प्रदेश २ बाहेकका प्रदेशमा स्पष्ट बहुमत पाएका बाम गठबन्धनले ती प्रदेशमा सरकार गठनको तयारीका लागि मुख्यमन्त्री, मन्त्रीका विषयमा भागबण्डा मिलाउने प्रयास गरेका हुन् ।

बाम गठबन्धनले सरकार बनाउने ६ वटा प्रदेशमा एक दलले मुख्य मन्त्री पाए अर्को दलले सभामुख पाउने गरि छलफल सुरु भएपनि सहमति हुन सकेको छैन । अन्य प्रदेशमा सहमति जुट्ने सम्भावना देखिएपनि प्रदेश नम्बर ६ मा एमाले र माओवादीको दाबी रहेका कारण केही समस्या उत्पन्न हुन सक्ने आशंका गरिएको छ ।

Logo