काठमाडौं
राष्ट्रिय सभाको माघ २४ गते हुने निर्वाचनका लागि बुधबार मनोनयन दर्ता भएको छ । ५६ पदका लागि ८३ जनाको उम्मेदवारी परेकोमा १७ जना निर्विरोध भएका छन् । "/>

राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध ( सूचि सहित )

राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध ( सूचि सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
राष्ट्रिय सभाको माघ २४ गते हुने निर्वाचनका लागि बुधबार मनोनयन दर्ता भएको छ । ५६ पदका लागि ८३ जनाको उम्मेदवारी परेकोमा १७ जना निर्विरोध भएका छन् । निर्वाचन आयोगका अनुसार एमाले ६, कांग्रेस ५, माओवादी ३, संघीय समाजवादी फोरम २ र राष्ट्रिय जनता पार्टी (राजपा)का एक गरी १७ जना उम्मेदवार निर्विरोध भएका हुन् । प्रदेश नम्बर १ मा तीन, प्रदेश २ मा पाँच, प्रदेश ५ मा तीन र प्रदेश ७ मा ६ जना निर्विरोध भएका हुन् । प्रदेश नम्बर ३, ४ र ६ मा भने कुनै पनि उम्मेदवार निर्विरोध भएका छैनन् ।

 निर्विरोध १७ उम्मेदवार

प्रदेश १
नैनकला ओझा (एमाले) 
बिना पोखरेल (माओवादी) 
सरिता प्रसाईं (कांग्रेस)

प्रदेश २
शशिकला दाहाल (माओवादी) 
मुक्ताकुमारी यादव (कांग्रेस) 
प्रमिला यादव (फोरम)
रामप्रीत पासवा (फोरम)
वेषशचन्द्र लाल (राजपा)

प्रदेश ५
कोमल वली (एमाले) 
मीना बुढा (एमाले) 
अनिता देवकोटा (कांग्रेस)

प्रदेश ७ 
शेरबहादुर कुँवर (एमाले) 
हरिराम चौधरी (माओवादी)
बद्री पाण्डे (कांग्रेस)
तारादेवी भट्ट (कांग्रेस) 
कमला ओली (एमाले) 
इन्दु कडेरिया विष्ट (एमाले)

अन्नपूर्णबाट

Logo