राष्ट्रिय सभामा माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’

राष्ट्रिय सभामा माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा रामबहादुर थापा बादललाई पठाउने निर्णय गरेको छ ।

बादल प्रदेश नम्बर ३ बाट उम्मेदवार बन्नेछन् । एमाले–माओवादीको सहमति अनुसार माओवादीको भागमा प्रदेश नं. ३ बाट एक सिट परेको थियो । तर, बादल एमाले माओवादीको साझा उम्मेदवार भएपछि माओवादीले प्रदेश नं. ३ बाट नुवाकोटकी विमला सुवेदीलाई पनि उठाउने भएको छ ।

पार्टी केन्द्रिय कार्यालयमा हिजो बसेको शीर्ष नेता र प्रदेश इन्चार्जहरुको बैठकले उक्त निर्णय गरेको हो । माओवादीले प्रदेश १ र २ बाट महिला, ४ बाट दलित तथा ५, ६ र ७ मध्येबाट एक जना अपांगता भएकालाई पठाउने भएको छ ।

मंगलबार बस्ने शीर्ष नेताको बैठकले राष्ट्रिय सभाका उम्मेदवारहरुको अन्तिम नामावली टुंग्याउने र सबैको नाम एकै पटक सार्वजनिक गर्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

उम्मेदवारको अन्तिम नामावली टुंग्याउने जिम्मा प्रचण्ड, वादल र नारायणकाजी श्रेष्ठलाई दिइएको छ । एमालेले २९ र माओवादीले १४ सिटमा प्रतिस्पर्धा गर्दैछन् ।

Logo