यी हुन राष्ट्रियसभा निर्वाचनमा एमालेका उम्मेदवार (सूचिसहित)

यी हुन राष्ट्रियसभा निर्वाचनमा एमालेका उम्मेदवार (सूचिसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय सभा निर्वाचनका लागि माघ २४ गते ५६ सिटका लागि निर्वाचन हुदैछ।

निर्वाचनमा प्रत्येक प्रदेशबाट ८ जना राष्ट्रिय सभामा निर्वाचित हुनेछन्। राष्ट्रियसभा निर्वाचनमा समेत प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा झै चुनावी तालमेल गर्ने निर्णय गरेका वाम गठबन्धनका एमाले र मओवादी केन्द्रका नेताहरु विच सिट बाँडफाड गरेर अगाडी बढेका छन ।

५६ सिटका लागि हुने निर्वाचनमा वाम गठबन्धनले ४३ स्थानमा मात्र उम्मेदवार उठाउने निर्णय गरिसकेका छन्। त्यसमध्ये एमालेले २९ र माओवादी केन्द्रले १४ स्थानमा उम्मेद्वार खडा गर्नेछन्। वाम गठबन्धनले सातवटा प्रदेशमा उठाउने उम्मेदवारको क्लष्टर समेत वर्गिकरण गरेका छन्।

एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकले प्रदेश नम्बर ५, ६ र ७ बाट उम्मेद्वार तय गरिसकेको छ ।

जस अनुसार प्रदेश नं ७ बाट कमला ओली (महिला) कैलाली, इन्दु कडेरिया विष्ट (महिला) कञ्चनपुर, शेरबहादुर कुँवर (खुला) अछाम र चक्रप्रसाद स्नेही ९दलित० डडेल्धुरालाई उम्मेदवार बनाइने भएको छ ।

यसैगरी प्रदेश नं ६ बाट कविता बोगटी (महिला) हुम्ला, नन्दा शर्मा (महिला) सुर्खेत, नरपति लोहार (दलित) कालीकोट, भैरवसुन्दर श्रेष्ठ )(खुला) जाजरकोट, ठगेन्द्र पुरी ९खुला० पश्चिम रुकुमलाई उम्मेद्वार बनाएको छ ।

प्रदेश नं ५ बाट रामलखन हरिजन (दलित) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट खिमलाल भट्टराई (खुला) रुपन्देही, मीना बुढा (महिला) रोल्पा र कोमल वली (महिला) दाङलाई उम्मेदवार बनाइएको छ । यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा एमालेले नेकपा (माओवादी केन्द्र)सँग तालमेल गर्दै २९ स्थानमा उम्मेदवारी दिने भएको छ ।

प्रदेश नम्बर १, २, ३ र ४ का उम्मेदवार टुंग्याउन अध्यक्ष के पी ओली निवास बालकोटमा भएको बैठकले राष्ट्रियसभामा प्रदेश नम्बर १ बाट हरिचरण सिवाकोटी, पर्शुराम मेघी गुरुङ, खेम नेपाली, नैनकला ओझा र अगम वान्तवालाई छनौट गरेका्े छ । प्रदेश २ मा अहिलेसम्म सुमन प्याकुरेल मात्र चयन भएका छन् ।

प्रदेश ४ बाट गणेश तिमल्सिना, शान्ति अधिकारी, दीपा गुरुङ, रामबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

Logo