काठमाडौं
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको प्रक्रिया अगाडि बढाउने विषयमा अझै सहमति जुट्न नसक्दा पार्टी एकता लम्बिने भएको छ । "/>

एमाले – माओवादी केन्द्र : किन लम्बिदै छ पार्टी एकता ? यस्तो छ कारण…!

एमाले – माओवादी केन्द्र : किन लम्बिदै छ पार्टी एकता ? यस्तो छ कारण…!

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको प्रक्रिया अगाडि बढाउने विषयमा अझै सहमति जुट्न नसक्दा पार्टी एकता लम्बिने भएको छ । पार्टी एकताका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच नै पद बाँडफाँडमा कुरा मिल्न नसक्दा एकता प्रक्रियाले गति लिन सकेको छैन ।ओली र प्रचण्डबीच पटक–पटक घण्टौं छलफल भए पनि पार्टी एकताको खाका तयार हुन सकेको छैन । दुई अध्यक्ष बीच पद बाँडफाँडको बारेमा कुरा मिल्न नसक्दा एकता प्रक्रियामा जटिलता देखिएको छ । पार्टी एकताको प्रक्रियालाई ठोस रूप दिन आइतबार ओली निवास बालकोटमा बसेको एकता संयोजक समितिको बैठकमा पनि सहमति जुट्न सकेन ।
पार्टी एकता गर्दा एकीकृत पार्टीको केन्द्र देखि वडा सम्म संगठनात्मक संरचना कस्तो हुने भन्ने विषयमा छलफल भए पनि मोडालिटीकै बारेमा नेताहरू बीच कुरा मिल्न सकेको छैन । बैठकमा सहभागी एक नेताका अनुसार दुवै अध्यक्ष कार्यकारी अध्यक्ष रहने, ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुने विषयमा छलफल भए पनि सहमति जुट्न सकेन । पद बाँडफाँडको विषयमा ओली र प्रचण्ड बीच पुनः छलफल हुने बताइको छ ।
नेपाल समाचारपत्रबाट

Logo