प्रदेशको अस्थायी राजधानी तोक्दा जनमतको कदर भएन्: पूर्व मन्त्री बस्नेत

प्रदेशको अस्थायी राजधानी तोक्दा जनमतको कदर भएन्: पूर्व मन्त्री बस्नेत

केन्द्रबिन्दु
0
Shares

एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतले सरकारले प्रदेशको अस्थायी राजधानी तोक्दा जनमतको कदर नगरेको आरोप लगाएका छन् ।

शुक्रबार टेक मिडिया प्रालीले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता बस्नेतले प्रदेशको राजधानी तोक्दा जनमतको अन्याय भएको बताएका हुन् ।

प्रदेश नम्बर ३ को राजधानी भक्तपुर नै उपयुक्त हँदाहुँदै सरकारले हेटौँडालाई अस्थायी राजधानी तोकेको प्रति बस्नेतले आक्रोश पोखे ।

सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाको राजनीति बचाउ गर्नका लागि हेटौँडालाई प्रदेश नम्बर ३ को राजधानी बनाउने निर्णय गरेको आरोप लगाए । तर जनतालाई यो निर्णय मान्य नहुने पनि उनले बताए ।

प्रदेश प्रमुख पनि गलत मानिस तोकिएको भन्दै सरकारले बदनियत पूर्वक यस्तो निर्णय गरेको नेता बस्नेतले बताए ।

Logo