यसरी मिल्यो राष्ट्रियसभा निर्वाचनमा एमाले र माओवादीको भागवण्डा !

यसरी मिल्यो राष्ट्रियसभा निर्वाचनमा एमाले र माओवादीको भागवण्डा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३ माघ ।

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागी एमाले र माओवादी केन्द्रले भागवण्डा टुंगो लगाएका छन् ।

एमाले माओवादी संयुक्त कार्यदल बैठकले राष्ट्रियसभाका ४३ सिटमा एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी भागवण्डा मिलाएको हो ।

कार्यदलका नेता सुवासचन्द्र नेम्वाङका अनुसार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले दुई दलबीच सिटहरुको भागवण्डा गरेको हो ।

कार्यदलले ४३ सिटमा कुरो मिलाएको र अब यसलाई पार्टी एकता संयोजन समितिले अन्तिम टुंगो लगाउने उनले बताए ।

राष्ट्रिय सभाका ५६ सिटमध्ये १३ वटा सिटमा भने अन्य दलहरुसाग पनि तालमेलपछि निर्णय गरिने नेम्वाङले जानकारी दिएका छन् ।

कुन प्रदेशमा कसको कति सिट ?

प्रदेश १ः एमाले ५ सिट, माओवादी १

प्रदेश २ः एमाले १ सिट,माओवादी १

प्रदेश ३ः एमाले ५ सिट, माओवादी १

प्रदेश ४ः एमाले ४ सिट, माओवादी २

प्रदेश ५ः एमाले ४ सिट, माओवादी २

प्रदेश ६ः एमाले ५सिट, माओवादी ३

प्रदेश ७ः एमाले ४ सिट, माओवादी २

Logo