बाहिरिए माओबादी मन्त्रीहरु

बाहिरिए माओबादी मन्त्रीहरु

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २८ पुस । माओवादी केन्द्रका मन्त्रीहरु सरकारबाट फिर्ता भएका छन् । विना बिभागिय भएको २ महिनापछि आज माओवादी मन्त्रीहरु सरकारबाट बाहिरिएका हुन्  ।

माओवादीका नेता तथा विना वीभागिय मन्त्री गिरीराजमणी पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर  सरकारबाट फिर्ता हुने पत्र प्रधानमन्त्रीलाई बुझाएको हो । माओवादी केन्द्रको तर्फबाट सरकारमा नेतृत्व गरेका कृष्णबहादुर महरा दाङमा भएकाले नेता गिरीराजमणी पोखरेलले प्रधानमन्त्रीलाई पत्र बुझाएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षर रहेको पत्रमा माओवादी केन्द्रका मन्त्रीलाई फिर्ता बोलाउने उल्लेख गरिएको छ । माओवादी केन्द्रले पत्रमा प्रधानमन्त्रीलाई सत्ता छिटो हस्तान्तरण गर्नका लागि पनि आग्रह गरेको छ ।

Logo