मन्त्रिपरिषद्को बैठक सम्पन्न, १६ जनालाई सहिद घोषणा

मन्त्रिपरिषद्को बैठक सम्पन्न, १६ जनालाई सहिद घोषणा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २८ पुस  । मन्त्रिपरिषद्को बैठक सकिएको छ  । बैठकले ३८ वर्षअघि छिन्ताङमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ  । २०३६ साल कार्तिक २७ गते धनकुटाको खोकु छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेले गरेको सांस्कृतिक कार्यक्रममा राज्यपक्षले गोली चलाउँदा १६ जनाको मृत्यु भएको थियो । 

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप लागेको थियो । बैठकले न्याय सेवाको विशिष्ट श्रेणीमा महेन्द्रनाथ उपाध्याय र पुनरावेदन समिति प्रमुखमा हेमराज पन्तलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

आजको बैठकले प्रदेशको अस्थायी मुकाम र मुख्य मन्त्री तोक्ने चर्चा चले पनि त्यस्तो कुनै निर्णय नभएको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले बताए ।

Logo