केन्द्रबिन्दु सम्बाददाता 

काठमाण्डौं २८ पौष ।

नेकपा माओवादी केन्द्रका १६ जना विभागीय मन्त्रीहरुले आज सरकारवाट राजीनामा दिने भएका छन् । "/>

माओवादीका मन्त्रीहरुले आज सामुहिक राजीनामा दिने

माओवादीका मन्त्रीहरुले आज सामुहिक राजीनामा दिने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाण्डौं २८ पौष ।

नेकपा माओवादी केन्द्रका १६ जना विभागीय मन्त्रीहरुले आज सरकारवाट राजीनामा दिने भएका छन् । सरकारमा गएको आठ महिनापछि माओवादी केन्द्रका मन्त्रीहरु सरकारबाट फिर्ता हुन लागेका हुन् ।

माओवादीका सबै मन्त्री र राज्यमन्त्रीले हस्ताक्षरसहित आफ्नो राजीनामापत्र पार्टी कार्यालयमा बुझाएका छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीबाट फिर्ता पठाउन आज पत्र पठाउने बुझिएको छ ।

गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा नेता कृष्णबहादुर महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए । सत्ता साझेदारीमा रहेकै बेला तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी एकता गरेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका १६ जना मन्त्रीलाई जिम्मेवारी बिहीन बनाउँदै विनाविभागीय बनाएका थिए। प्रधानमन्त्रीले विनाविभागीय बनाए पनि हटाउन नमिल्ने संवैधानिक प्रावधानका कारण माओवादी केन्द्रका नेताहरू मन्त्री पदमा बहाल थिए ।

यी हुन माओवादी केन्द्रका १६ मन्त्रीहरु
कृष्णबहादुर महरा
गिरिराजमणि पोखरेल
जनार्दन शर्मा
प्रभु शाह
टेकबहादुर बस्नेत
शिवकुमार मण्डल केवट
महेन्द्रबहादुर शाही
आशा कोइराला
सन्तकुमार थारु

राज्यमन्त्री
मोहम्मद जाकिर हुसेन
रामसिंह यादव
श्यामकुमार श्रेष्ठ
कर्णबहादुर विक
छमबहादुर गुरुङ
गोमा कुँवर
वाङदी शेर्पा

Logo