काठमाडौं ,२८,पुस
कांग्रेसले राष्ट्रियसभा चुनावमा मधेसी दलसँग तालमेल गरेर उम्मेदवारी दिने तयारी गरेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गत सोमबार राजपा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग यस विषयमा कुराकानी समेत गरिसकेका छन् । "/>

राष्ट्रियसभा चुनावमा कांग्रेस–मधेसी दल बीच तालमेल हुने

राष्ट्रियसभा चुनावमा कांग्रेस–मधेसी दल बीच तालमेल हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ,२८,पुस
कांग्रेसले राष्ट्रियसभा चुनावमा मधेसी दलसँग तालमेल गरेर उम्मेदवारी दिने तयारी गरेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गत सोमबार राजपा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग यस विषयमा कुराकानी समेत गरिसकेका छन् । मधेसी गठबन्धन सम्बद्ध स्रोतका अनुसार देउवाले ठाकुर र यादवसँग राष्ट्रियसभामा सँगै जानसक्ने सम्भावनाका बारेमा छलफल गरेका थिए । ठाकुर र यादवले भने अहिल्यै निर्णय गर्नु हतारो हुने भन्दै समय आएपछि यस विषयमा छलफल गर्ने आश्वासन दिएका थिए । ‘अहिले नै हामी ठोस निष्कर्षमा पुगिसकेका छैनौं’, यादवले भने, ‘समय आएपछि सबै कुरामा विचार हुन सक्छ ।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनताका लोकतान्त्रिक गठबन्धन बनाएका कांग्रेस र मधेसी पार्टीले परिपक्व तालमेल गर्न सकेनन् । तर कांग्रेसले ठाकुर र यादव उम्मेदवार भएको क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको थियो । कांग्रेस नेता बालकृष्ण खाँणले पनि राष्ट्रियसभामा मधेसी दलसँग मिलेर जाने तयारी भइरहेको बताए । ‘यसबारेमा अहिले नै ठ्याक्कै यही हो भन्न नसकिए पनि पुनर्विचार चाहिँ पक्कै हुन्छ’, खाँणले भने ।

यस्तै सम्भावना मधेसी गठबन्धनका नेताहरुले पनि औंल्याएका छन् । गठबन्धनका एक शीर्ष नेताका अनुसार प्रदेश २ मा समेत सरकार बनाउँदा कांग्रेसलाई समेट्ने कि भन्ने मोडेलमा गठबन्धन भित्र छलफल प्रारम्भ भएको छ । ती शीर्ष नेताका अनुसार मधेसी गठबन्धनले प्रदेश २ मा बहुमत ल्याए पनि कांग्रेसलाई समेटेको खण्डमा प्रदेशसभामा प्रतिपक्षी कमजोर हुन सक्ने आंकलन सहित कुराकानी अगाडि बढेको छ ।
अन्नपूर्णबाट

Logo