काठमाडौं,२६,पुस
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्रको ढाँचा बनाउन सुरु गरेको छ । आगामी २४ माघमा तय भएको राष्ट्रिय सभाको निर्वाचनमा आयोगले आठ प्रकारका मतपत्रको ढाँचा बनाउन थालेको हो । "/>

राष्ट्रियसभा निर्वाचनका लागि मतपत्रको ढाँचा बनाउँदै आयोग

राष्ट्रियसभा निर्वाचनका लागि मतपत्रको ढाँचा बनाउँदै आयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२६,पुस
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्रको ढाँचा बनाउन सुरु गरेको छ । आगामी २४ माघमा तय भएको राष्ट्रिय सभाको निर्वाचनमा आयोगले आठ प्रकारका मतपत्रको ढाँचा बनाउन थालेको हो । मतपत्रको रङ निर्धारण, उम्मेदवारको निर्वाचन चिह्न, मत संकेत गर्ने कोठा लगायत मतपत्रको ढाँचा तयार पार्ने काम भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

राष्ट्रिय सभाको निर्वाचनमा प्रत्येक प्रदेशबाट चार समूह गरी आठ जना सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था छ । एउटा प्रदेशबाट निर्वाचित हुने आठ जना सदस्य मध्ये तीन जना महिला, एक जना दलित, एक जना अपांगता भएको व्यक्ति वा अल्पसंख्यक हुनु पर्नेछ । बाँकी तीन जना सदस्य खुला सदस्यको रूपमा निर्वाचित हुने व्यवस्था छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश ०७४ अनुसार एकल संक्रमणीय र बहुमतीय दुवै निर्वाचन पद्धति अपनाइनेछ । एक समूहबाट एक जना मात्रै निर्वाचित गर्नु पर्ने अवस्थामा बहुमतीय निर्वाचन पद्धति अपनाइनेछ । तीन जना महिला सदस्य र अन्य तीन सदस्य निर्वाचित गर्नका लागि भने एकल संक्रमणीय पद्धति अपनाइने अध्यादेशको दफा ३ मा उल्लेख छ । एकल संक्रमणीय निर्वाचन पद्धतिमा मतदाताले तीन वटा समूहमा प्राथमिकताको आधारमा मतदान गर्नु पर्ने व्यवस्था छ ।
राजधानीबाट

Logo