काठमाडौं,२६,पुस
एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ‘पावर सेयरिङ’ मै केन्द्रित भएको छ । "/>

ओली–प्रचण्डको ‘पावर सेयरिङ’ मै बैठक केन्द्रित

ओली–प्रचण्डको ‘पावर सेयरिङ’ मै बैठक केन्द्रित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२६,पुस
एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ‘पावर सेयरिङ’ मै केन्द्रित भएको छ । सोही विषयमा केन्द्रित रही तीन विकल्प अघि सारेर छलफल भएको बैठकमा सहभागी एक नेताले बताए ।

पहिलो विकल्प अनुशार ओलीले आगामी सरकारको नेतृत्व गर्ने गरी ५ वर्ष प्रधानमन्त्री हुने र प्रचण्ड संयुक्त पार्टीको अध्यक्ष हुने । दोस्रो विकल्प, ओली–प्रचण्ड दुवै पार्टीको संयोजक वा सहसंयोजक हुने र प्रधानमन्त्री ओली हुँदा पार्टीको नेतृत्व प्रचण्डले गर्ने । तेस्रो विकल्प चक्रिय प्रणाली अनुसार ओली–प्रचण्डले पार्टी र सरकार चलाउने ।

नेतृत्वबारे उक्त विकल्पकै वरिपरी रहेर छलफल चलेको भएता पनि नेताहरुले समस्याको निकास निकाल्न सकेनन् । ओली थाइल्यान्डबाट उपचार गरी फर्किएपछि पार्टी–सरकारको नेतृत्व, सैद्धान्तिक एवं वैचारिक लगायतका विषयमा सघन छलफल गर्ने गरी समझदारी जुटाउने बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
नयाँपत्रिकाबाट

Logo