काठमाडौं,२६,पुस
युवा नेता विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको प्रवक्तामा नियुक्त भएका छन् । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवक्तामा नियुक्त गरेपछि शर्माले कांग्रेसका आधिकारिक धारणा र सार्वजनिक चासोका कुरा प्रस्ट्याउने बताए । "/>

प्रवक्ता बनेपछि विश्वप्रकाशले कांग्रेसको हारका बारे यस्तो बोले…!

प्रवक्ता बनेपछि विश्वप्रकाशले कांग्रेसको हारका बारे यस्तो बोले…!

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२६,पुस
युवा नेता विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको प्रवक्तामा नियुक्त भएका छन् । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवक्तामा नियुक्त गरेपछि शर्माले कांग्रेसका आधिकारिक धारणा र सार्वजनिक चासोका कुरा प्रस्ट्याउने बताए । शर्माले प्रवक्ता भएपछि पहिलो प्रतिक्रिया दिँदै कांग्रेसका गुटगत भेला स्वभाविक भएको बताए । प्रवक्ता शर्माले फुटबलमा हारेर मैदानबाट निस्किएको टिममा एक अर्काको कमी कमजोरी खोजिनु स्वभाविक भएको बताए ।

‘फुटबलमा हारेर मैदानबाट निस्किएको टिममा कमी कमजोरीको खोजी हुन्छ’, शर्माले भने, ‘हाम्रो पार्टीमा समेत त्यही भएको हो, अनौपचारिक छलफल बैठक भइरहन्छन् ।’ उनले अबका दिनमा पार्टीको आधिकारिक धारण आफू मार्फत बाहिर आउने बताए । प्रवक्ता शर्माले पार्टी गम्भीर आत्मसमिक्षाको अवस्थामा रहेको बताए । ‘प्रतिनिधि सभा र प्रदेश सभामा भएको पराजयको गम्भीर आत्मसमिक्षाको चरणमा जाँदैछौ’, उनले थपे ।

प्रवक्ता शर्मा कांग्रेसको पराजय पछाडि आन्तरिक र बाह्य दुवै कारण रहेको बताउँछन् । निर्वाचनका मुखमा भएको वाम गठबन्धन देखि आफ्नो सरकारले गरेका राम्रा काम जनतामा पुर्या‍उन नसक्दा कांग्रेसले हार्नु परेको उनको भनार्इ छ । उनले शान्तिप्रक्रियालाई निस्कर्षमा पुर्याउने, सविधान निर्माण गर्ने देखि स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक गराउन सफल कांग्रेसले त्यो कुरा जनतालाई बुझाउन नसकेको बताए ।
अन्नपूर्णबाट

Logo