काँग्रेस प्रवक्तामा युवा नेता शर्मा मनोनीत

काँग्रेस प्रवक्तामा युवा नेता शर्मा मनोनीत

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २५ पुस । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको प्रवक्तामा पार्टी केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा मनोनीत भएका छन् ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नेता शर्मालाई आज पार्टी प्रवक्तामा मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीको १२औँ महाधिवेशनपछि रिक्त प्रवक्ता पदमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले काँग्रेसको विधानको धारा २४ ९३० बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्ता पदमा मनोनयन गरेका हुन् ।

Logo