एमाले–माओवादी एकता संयोजन समितिको बैठक सुरु

एमाले–माओवादी एकता संयोजन समितिको बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) र माओवादी केन्द्र वीच पार्टी एकताबारे छलफल गर्न ‘एकता संयोजन समिति’को बैठक केहीवेर अघि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शुरु भएको छ ।

बैठकमा एमालेवाट अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र इश्वर पोखरेल रहेका छन् भने माओवादी केन्द्रवाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन् ।

दुई पार्टीका अध्यक्षहरुको छलफल र दुवै पार्टीको स्थायी कमिटीको बैठक पछि ‘पार्टी एकता संयोजन समिती’को बैठक बस्न लागेको हो । आजको बैठकमा एकता प्रक्रिया बारेमा छलफल हुने र एकताका लागि न्युनतम मापदण्ड र सहमति बनाएर अघि बढ्ने तयारी रहेको बुझिएको छ ।

संयोजन समितिले एकता प्रक्रियाको खाका तय गर्ने र पदीय बाँडफाँड, दुबै पार्टीको तलदेखि माथिसम्म संगठनात्मक संरचनाको खाका, कार्यदिशावारे मोटामोटी न्यूनतम आधारमा सहमति गर्ने छ । त्यसैगरी सदन, सरकार र पार्टी नेतृत्वको बारेमा खाका प्रस्तुत हुने र कार्यदलले रिर्पोट तयार पारेर एकता संयोजन समितिले पेश गर्ने समेतको तयारी बैठकले गर्ने भएको छ । समग्रमा एकता प्रकृयालाई द्रुतगति दिन बैठक बसेको सहभागी एक नेताले जनाएका छन् । ती नेताका अनुसार– ‘एकताको सम्पूर्ण खाकालाई फाइनल गरिने छ’

 

Logo