सरकार बनाउनुअघि नै पार्टी एकता !

सरकार बनाउनुअघि नै पार्टी एकता !

केन्द्रबिन्दु
0
Shares

एमाले र माओवादी केन्द्रबीच सरकार बनाउनुअघि नै पार्टी एकता हुने भएको छ ।

पार्टी एकतामा परस्परविरोधी धारणाहरु सार्वजनिक भइरहदा दुवै पार्टीबीच एकताको पहल तीब्र भएको छ । एमालेले एकताबारे सोमबार नै विस्तृत छलफल गरेको सचिव योगेश भट्टराईले जानकारी दिए । माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार दिनभर नेताहरुलाई खुमलटार बोलाएर एकता प्रक्रियाबारे जानकारी दिएका उनका प्रेस संयोजक मनहरि तिमल्सिनाले बताए ।

२०७४ साल असोज १७ गते नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) का बीचमा एउटै एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्घोषकासाथ गठबन्धन बनाएर निर्वाचनमा सहभागी हुने निर्णय भएको थियो । ‘एकता प्रक्रियालाई यथासंम्भव छिटो निष्कर्षमा पु¥याउनु र एकीकृत पार्टीको अगुवाइमा राजनीतिक स्थायित्व तथा आर्थिक समृद्धिको जनचाहनालाई छिटोभन्दा छिटो साकार पार्नु हाम्रो का“धमा आएको ऐतिहासिक दायित्व हो,’ सचिव प्रदीप ज्ञवालीले भनेका छन्, ‘नेकपा (एमाले) यस दायित्वप्रति संवेदनशील, सजग र क्रियाशील छ । दुबै पार्टीबीच निकट भविष्यमै एकीकरण भएर एकीकृत कम्युनिष्ट पार्टी निर्माण हुने कुराप्रति निश्चिन्त हुन, यस सम्बन्धमा विभिन्न ढङ्गले व्यक्त हुने कुनै पनि भ्रम, अफवाह या अनुमानबाट प्रभावित नहुन सिङ्गो पार्टी पङ्क्ति र आम नेपाली जनतालाई यो बैठक आह्वान गर्दछ ।’

एमालेले एकीकरणका सम्बन्धमा सार्वजनिक रुपमा कुनै पोजिसन, अडान या शर्त तेस्र्याउने कुराले एकताको प्रक्रियालाई नसघाउने भन्दै बरु उल्टै जटिल बनाउने हुनाले यसो नगर्न माओवादी केन्द्रलाई ध्यानाकर्षण गराएको छ । ‘एकीकरणलाई असहज तुल्याउने गरी सार्वजनिक सञ्चारमाध्यमबाट नीति, नेतृत्व र एकताका अन्य पक्षका बारेमा आफ्ना निजी धारणाहरु चर्चामा नल्याउन पनि आम पार्टी पङ्क्तिलाई निर्देशित गरेको छ,’ ज्ञवालीले भने ।
पार्टी एकता संयोजन समितिको बैठकसमेत मंगलबार बोलाइएको छ ।

 

 

Logo