डा. केसी प्रकरण: सामाजिक संजालदेखि सडकसम्म, कसले के भने ?

डा. केसी प्रकरण: सामाजिक संजालदेखि सडकसम्म, कसले के भने ?

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २५ पुस  । १४ औं आमरण अनसन थालेका डा. गोबिन्द केसी सोमबार अनसनस्थलबाटै पक्राउ परेका छन् । सर्वोच्च अदालतले करिब चार वर्षअघि बर्खास्त भएका डा. शशी शर्मालाई चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डीनमा पुनर्वहाली गर्न आदेश दिएपछि डा. केसीले तत्काल पत्रकार सम्मेलन गरि प्रधानन्याधिसबिरुद्ध अनसन थालेका थिए । पत्रकार सम्मेलनमा उनले अदालतमा न्यायको किनबेच हुने गरेको र प्रधानन्यायधिस गोपाल पराजुली माफियाको डन भएको समेत बताएका थिए ।

डा. केसीको यही अभिव्यक्तिका कारण अदालतमा रित दायर भयो र न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई पक्राउ गरी मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दियो । उक्त आदेशको पालना गर्दै प्रहरीले डा. केसीलाई अनसनस्थलबाटै गिरफ्तार गरेको थियो । केसीलाई आज अदालतमा उपस्थित गराइएको छ ।  

यसरी एकाएक बिकसित घटनाक्रमले फेरि एक पटक नेपाली राजनीति तरंगीत बन्न पुगेको छ । डा. केसीलाई पक्राउ गरे लगतै प्रधानमन्त्री शेर बहादुर देउवाले आफुलाई थाहा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् भने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईदेखि पूर्वमन्त्री गगन थापासमेत सडकमा उत्रिएका छन्  । मंगलबार बिहान राजधानीको माइतीघर मण्डलामा भेला भएका सर्वसाधारणले मुलुकमा न्याय हराएको भन्दै न्याय हराएको भन्दै बिरोध जनाएका छन् ।

सामाजिक संजाल फेसबुक, ट्वीटर, इन्स्टग्रामदेखि सडकमा समेत डा .केसीको पक्षमा जन लहर देखिएका छन् । अनसन बसेदेखि नै केसीमय बनेको सामाजिक संजाल उनको पक्राउ लगतै आक्रोसले भरिभराउ भएको छ । डा. केसीलाई पक्राउ गरिएको बिरोधमा  आज देशका बिभिन्न ठाउँहरुमा बिरोध प्रदर्शन गर्ने कार्यक्रमहरु पनि रहेका छन् । सामाजिक संजालमा आम सर्वासधारणदेखि कलाकार, पत्रकार, नागरिक समुह लगयातले बिभिन्न धारणाहरु व्यक्त गरेका छन् । 

कसले के भने ?

 

 

 

 

 

 

 

 

 

Logo