‘आइसब्रेक’ गर्दै ओली–दाहाल

‘आइसब्रेक’ गर्दै ओली–दाहाल

केन्द्रबिन्दु
0
Shares

 पार्टी एकतामा शंकाहरु भइरहेकाबेला एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘सरप्राइज’ एकताको तयारी गरेका छन् ।

असोज १७ गते ‘अचानक’ वाम तालमेलको घोषणा गरेका ओली र दाहालले अर्को झड्का दिनेगरी एकताको गृहकार्य गरेका छन् । पार्टी एकता बिथोल्ने प्रयास भएपछि एमाले र माओवादी केन्द्रले पार्टी एकता, संगठनात्मक स्वरुप र बैचारिक राजनीतिक विषय मिलाउन दुई दलका नेता सम्मिलित सानो कार्यदल बनाउने भएका छन् ।

ओली र दाहालबीच एकतासम्बन्धी बिषयमा सोमबार आ–आफ्नो दलमा छलफल गर्ने र मंगलबार एकता संयोजन समितिको बैठक राख्ने समझदारी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

एमालेले सोमबार २ बजे स्थायी समिति बैठक बोलाएको छ । माओवादीको पनि सोमबार नै हेडक्वार्टर बैठक बस्नेछ । दुबै दलले पार्टी एकताका लागि शिर्ष नेतासम्मिलित ‘एकता संयोजन समिति’ बनाएका छन् ।

उक्त समितिमा एमालेबाट अध्यक्ष ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेल छन् र माओवादीबाट अध्यक्ष दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् । चुनाव पछि उक्त समितिको बैठक बसेको छैन ।

Logo