काठमाडौं,२४,पुस
एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई मूर्त रूप दिन दुई छुट्टाछुट्टै कार्यदल बनाएर ठोस गृहकार्य गर्ने भएका छन् । "/>

ओली–प्रचण्ड भेटघाट : पार्टी एकताबारे छलफल

ओली–प्रचण्ड भेटघाट : पार्टी एकताबारे छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२४,पुस
एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई मूर्त रूप दिन दुई छुट्टाछुट्टै कार्यदल बनाएर ठोस गृहकार्य गर्ने भएका छन् । वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यदलको गृहकार्यपछि एकतालाई अन्तिम रूप दिने आइतबार समझदारी भएको हो । ओली निवास बालकोटमा दुई नेता बीच एक सातापछि डेढ घन्टा छलफल भएको छ । पछिल्लोपटक ओली र प्रचण्डबीच १६ पुसमा प्रचण्डनिवास खुमलटारमा एकता केन्द्रित रहेर छलफल भएको थियो ।

नयाँ सरकारको नीति तथा कार्यक्रम तय गर्ने विषयमा पनि एकता संयोजन समितिमा छलफल गर्ने दुई नेताको समझदारी छ । प्रचण्डका अनुसार दुवै पार्टीले आन्तरिक निर्णय गरेपछि मंगलबार एकता संयोजन समितिको बैठक बस्नेछ । ‘आन्तरिक छलफलपछि एकता संयोजन समितिको बैठक मार्फत केही दिनभित्र एकता प्रक्रिया निष्कर्षतिर पुग्नेछ,’ प्रचण्डले भने । समितिमा एमालेबाट अध्यक्ष ओली सहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल छन् । त्यस्तै माओवादी केन्द्रबाट प्रचण्ड सहित नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल छन् ।
नयाँपत्रिकाबाट

Logo